जनयुद्धका घाइतेको चेतावनी: ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’

२०८० भाद्र २४ गते, आईतवार

काठमाडौं। जनयुद्ध, जनआन्दोलन तथा अपांग संघर्ष समितिका पीडितहरुले घाइते तथा अपांग भएका व्यक्तिहरुको उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनयुद्धका घाइते, अपांगहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई अपील गरेका हुन्।

नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपांगले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताए।

जनयुद्धका घाइते, अपांगहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरुको भनाइ छ। राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपांग र घाइतेलाई गास, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।

जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गास, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए। आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने उनले बताए। अहिले माओवादी नेताहरुको राजर्शी जीवनशैली रहेको उनले टिप्पणी गरे।

‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गास, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं। पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं।’ उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं।’

पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले आफूहरुले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए।

उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए। प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाइज गराएको आरोप लगाए।

उनले प्रचण्डले संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको बताए। उनले राज्यसँग जीवनको भिख नभएर मानव अधिकार र बाँच्न पाउने हक माग्न पीडित, घाइत र अपाङ्गलाई आग्रह गरे।

कार्यक्रममा रमेश कालिकोटे, सामाजिक अभियान्ता तारा बराललगायतले जनयुद्धका घाइते, अपाङ्गको पक्षमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए।

62 Views

ताजा

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

२०८२ मंसिर १५ गते, सोमबार

मेयर बालेनलाई पितृशोक

२०८२ मंसिर १५ गते, सोमबार

रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत

२०८२ मंसिर १४ गते, आईतवार

प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १४ गते, आईतवार

फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी

२०८२ मंसिर १४ गते, आईतवार

संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

२०८२ मंसिर १४ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal