जनयुद्धका घाइतेको चेतावनी: ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’
काठमाडौं। जनयुद्ध, जनआन्दोलन तथा अपांग संघर्ष समितिका पीडितहरुले घाइते तथा अपांग भएका व्यक्तिहरुको उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।
आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनयुद्धका घाइते, अपांगहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई अपील गरेका हुन्।
नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपांगले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताए।
जनयुद्धका घाइते, अपांगहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरुको भनाइ छ। राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपांग र घाइतेलाई गास, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।
जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गास, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए। आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने उनले बताए। अहिले माओवादी नेताहरुको राजर्शी जीवनशैली रहेको उनले टिप्पणी गरे।
‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गास, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं। पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं।’ उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं।’
पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले आफूहरुले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए।
उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए। प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाइज गराएको आरोप लगाए।
उनले प्रचण्डले संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको बताए। उनले राज्यसँग जीवनको भिख नभएर मानव अधिकार र बाँच्न पाउने हक माग्न पीडित, घाइत र अपाङ्गलाई आग्रह गरे।
कार्यक्रममा रमेश कालिकोटे, सामाजिक अभियान्ता तारा बराललगायतले जनयुद्धका घाइते, अपाङ्गको पक्षमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





