सेन्सर अनुमति नपाएपछि झरना भन्छिन्, ‘मर्नु न बाँच्नुको पीडा भैरहेको छ’
काठमाडौं । यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले फिल्मको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट फिल्मले सेन्सर सिफारिस नपाएको हो । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड दबाबमा छ ।
सेन्सर सिफारिस नपाउँदा फिल्मको प्रदर्शन नै अन्योल अन्योल बनेको छ । यस्तैमा शनिबार मध्यरातमा निर्देशक झरना थापाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सारा स्रोत सम्पत्ति र सपना लगानी गरेर बनाएको फिल्म चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको बताएकी छन् । सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनेको गुनासो गर्दै उनले अब अन्तिम फैसला भगवानको हातमा रहेको उल्लेख गरेकी छन् ।

अन्तिम साससम्म फिल्ममै काम गर्छु भनेर हिँडिरहेको बताउँदै उनले लेखेकी छन्, ‘समाजको केही यथार्थलाई टिपेर एउटा फिल्म हामीले बनायौं । फिल्मको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर फिल्मको नाम ‘एक भगवत् गीता’ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन ।’
फिल्मको निर्माण सकिएर दर्शकमाझ सुम्पिने बेला नाममाथि प्रश्न उठाइएको गुनासो गर्दै उनले आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफ्नो फिल्म कर्मको प्रेरणा रहेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो फिल्मको कथावस्तु सुनाएर ‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि फिल्मलाई सेन्सर अनुमति नै दिइएको छैन ।’
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





