सेन्सर अनुमति नपाएपछि झरना भन्छिन्, ‘मर्नु न बाँच्नुको पीडा भैरहेको छ’

काठमाडौं । यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले फिल्मको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट फिल्मले सेन्सर सिफारिस नपाएको हो । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विवाद मिलाउन निर्देशन दिएपछि बोर्ड दबाबमा छ ।
सेन्सर सिफारिस नपाउँदा फिल्मको प्रदर्शन नै अन्योल अन्योल बनेको छ । यस्तैमा शनिबार मध्यरातमा निर्देशक झरना थापाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सारा स्रोत सम्पत्ति र सपना लगानी गरेर बनाएको फिल्म चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको बताएकी छन् । सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनेको गुनासो गर्दै उनले अब अन्तिम फैसला भगवानको हातमा रहेको उल्लेख गरेकी छन् ।
अन्तिम साससम्म फिल्ममै काम गर्छु भनेर हिँडिरहेको बताउँदै उनले लेखेकी छन्, ‘समाजको केही यथार्थलाई टिपेर एउटा फिल्म हामीले बनायौं । फिल्मको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर फिल्मको नाम ‘एक भगवत् गीता’ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन ।’
फिल्मको निर्माण सकिएर दर्शकमाझ सुम्पिने बेला नाममाथि प्रश्न उठाइएको गुनासो गर्दै उनले आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफ्नो फिल्म कर्मको प्रेरणा रहेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो फिल्मको कथावस्तु सुनाएर ‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि फिल्मलाई सेन्सर अनुमति नै दिइएको छैन ।’
ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबार
हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
२०८० आश्विन २ गते, मंगलवार
३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू
२०८० आश्विन २ गते, मंगलवारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार