सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नै गठन गर्नु पर्छः डा शेखर कोइराला

२०८० श्रावण २८ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउनुभएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा उहाँले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनुभयो ।

एक हजार ४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ ।”

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उहाँले भन्नुभयो, “त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ? उहाँले के बोल्नुभयो र ? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ भनेको बिर्सिनुभयो ?”

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै नसोचेको प्रति नेता कोइरालाले प्रश्न गर्दै भन्नुभयो, “नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।”

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौँ’ भनेको भन्दै उहाँले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने माग गर्नुभयो ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal