नेकपा एसका ३६ जना एमालेमा प्रवेश

२०८० श्रावण २८ गते, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी ३६ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टीको युवा संघ अनुसाशन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का, युवा संघ भक्तपुरका अध्यक्ष रञ्जन मोहन सैजु, अनेरास्ववियू भक्तपुरका अध्यक्ष सञ्जिव लामिछाने, सूर्यविनायक नगर कमिटीका अध्यक्ष सुमित श्रेष्ठलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । कार्यक्रममा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, जिल्ला कमिटी भक्तपुरमा अध्यक्ष बासुदेव थापालगायत नेताहरूको सहभागिता थियो ।

पार्टी प्रवेशपछि दिपक थापाले भने, ‘विगतमा हामी केही लहडमा लागेकाले नेकपा एस रोज्न पुग्यौँ । जसले नेकपा एमाले विभाजनको पुष्टि अहिलेसम्म पनि गर्न सकेको छैन । पछिल्लो समय यो पार्टीभित्र विभिन्न समस्या देखिन थालेपछि हामी युवाहरूले त्यहाँ हाम्रो भविष्य देख्न छाड्यौँ र पुरानै घरमा फर्किएका हौँ । आउँदा दिनमा अझै धेरै साथीहरू नेकपा एमालेमा प्रवेश गर्ने तयारी भइरहेको छ ।’

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal