अति भारी वर्षाका कारण बर्दियामा २५० घर डुबानमा, तीन जना बेपत्ता

२०८० श्रावण २८ गते, आईतवार

बर्दिया । बर्दियामा अविरल वर्षासँगै आएको बाढीले विभिन्न ठाउँहरू जलमग्न बनेका छन् । गए रातिदेखि परेको अविरल वर्षासँगैको बाढीले बर्दियाका दर्जनौं बस्ती डुबानमा परेका हुन् । पूर्वपश्चिम राजमार्गको सडक छेउसम्मै पानी भरिएको छ । राजमार्ग छेउमा भरिएको पानीले यातायात नै अवरुद्ध हुने अवस्था आएको हो ।

बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाका विभिन्न ठाउँका साढे दुई सय जति घरहरू डुबानमा परेको त्यहाँस्थित हाम्रा संवाददाता यमनाथ घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार डुबानमा परेका बस्तीका बासिन्दालाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ ।

अहिले पनि पानी परिरहेको छ । यहाँका नदीको जलसतह खतराको तह आसपास पुगेको छ,ु उनले भने, ुबासगढी बारबर्दियाका २५० जति घरहरू डुबानमा परेका छन् । स्थानीयलाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ ।

बाढीमा तीन जना हराइरहेको उनले बताए । उनका अनुसार बबई नदी आसपास दाउरा लिन गएका तीन पुरुष हराएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।

बर्दियामा आज भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रम्भापुर र रानी वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal