अति भारी वर्षाका कारण बर्दियामा २५० घर डुबानमा, तीन जना बेपत्ता

बर्दिया । बर्दियामा अविरल वर्षासँगै आएको बाढीले विभिन्न ठाउँहरू जलमग्न बनेका छन् । गए रातिदेखि परेको अविरल वर्षासँगैको बाढीले बर्दियाका दर्जनौं बस्ती डुबानमा परेका हुन् । पूर्वपश्चिम राजमार्गको सडक छेउसम्मै पानी भरिएको छ । राजमार्ग छेउमा भरिएको पानीले यातायात नै अवरुद्ध हुने अवस्था आएको हो ।
बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाका विभिन्न ठाउँका साढे दुई सय जति घरहरू डुबानमा परेको त्यहाँस्थित हाम्रा संवाददाता यमनाथ घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार डुबानमा परेका बस्तीका बासिन्दालाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ ।
अहिले पनि पानी परिरहेको छ । यहाँका नदीको जलसतह खतराको तह आसपास पुगेको छ,ु उनले भने, ुबासगढी बारबर्दियाका २५० जति घरहरू डुबानमा परेका छन् । स्थानीयलाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ ।
बाढीमा तीन जना हराइरहेको उनले बताए । उनका अनुसार बबई नदी आसपास दाउरा लिन गएका तीन पुरुष हराएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।
बर्दियामा आज भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रम्भापुर र रानी वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।
ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
संगीत सुख दुःखको सारथी हो
२०८० आश्विन ५ गते, शुक्रबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार