पशुपतिमा नयाँ भट्ट आए
काठमाडौं । पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट (पुजारी) आएका छन् । भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वर्र्षीय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्। उनले बुधबारदेखि नै मूल भट्टबाट पाशुपत दीक्षा पाएका छन्।
अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन्। उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्। पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। ६५ वर्षीय रामाकारन्त पनि आन्द्र प्रदेश कर्णाटककै हुन्। रामकारन्तले दिएको राजीनामालाई विकास कोषले २०७९ फागुनमा स्वीकृत गरेको थियो। रामाकारन्तको राजीनामालाई विकास कोषले स्वीकृत गरिसकेपछि त्यसमा सहमतिको लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको, प्रधानमन्त्री कार्यालयलेसमेत स्वीकृत जनाएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न मूल भट्टको संयोजकत्वमा ५ सदस्यीय विद्धत् समिति गठन गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए। ‘उच्चतम विद्धान्बाट वैदिकशास्त्र, धर्मशास्त्र, तथा तन्त्रशास्त्रका ज्ञातालाई पशुपतिको भट्टमा नियुक्त गरिएको हो,’ खतिवाडले भने, ‘उच्चतम् विद्धान्बाट भट्ट छान्ने अधिकार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई छ।’
नव नियुक्त भट्ट मूलमा मन्दिरमा प्रवेश गर्नुअघि विष्णु पादुकामा बसेर प्रयाश्चित गोदान गरेका थिए। त्यसअघि उनले धार्मिक विधिअनुसार हात जोडी पशुपति मन्दिर परिसरभित्र रहेका विभिन्न देवी देवताको दर्शन, परिक्रमा तथा पुजाआजा गरेका थिए। त्यसअघि उनी ५ दिनसम्म बम्बै ढुकुटी घर हाल श्रीकृष्ण मन्दिरसँगैको घरमा गुप्तबास बसेका थिए। गुप्तबास बस्नुअघि अडिगाले विभिन्न मन्दिर शक्ति पिठ भण्डारेश्वर, ताम्रेश्वर, खञ्जनेश्वर, कृष्णेश्वर, शंकराचार्य मठ, झम्केश्वर मन्दिरको दर्शन तथा परिक्रमा गरेका थिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





