अझै १ सय २२ जना प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

२०८० श्रावण २४ गते, बुधबार

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १ सय २२ मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व अमनलाल मोदीले सम्हालेपछि रिक्त स्थानीय तहमा आक्रामक रुपमा प्रमुख प्रशासकीय अधिकृत पठाइरहेका छन् । तर, अझै पनि धेरै स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।

मन्त्रालयका प्रवक्ता कमल भट्टराई अनुसार मोदी हुनुअघि २ सय ५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त थिए । ‘तर, १ सय २८ स्थानीय तहमा प्रशासकीय प्रमुखहरु पठाइसकिएको छ, बाँकीमा पनि साउनको अन्तिमसम्म पठाउने तयारी गरेका छौं,’ भट्टराईले भन्नुभयो। लामो समय संघीय कार्यालय वा र सुगम ठाउँमा बसेका अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको उनले बताए । ‘पाँच वर्षदेखि काठमाडौं उपत्यकाका कार्यालयहरु खासगरी सिंहदरबारमा नै बसेका कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ,’ उनले भने, ‘दरबन्दीअनुसार कर्मचारी अभाव भएकाले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिएको थिएन, तर अहिले संघका कार्यालयहरुमा कर्मचारीको संख्या कटौती गरेर स्थानीय तहमा पठाइएको हो ।’

मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अनुसार सोमबार साँझसम्म देशभरकमा सात वटा उपमहानगरपालिमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको सह–सचिव हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकका ६ वटै महानगरपालिकामा प्रशासन प्रमुख रहे पनि ११ उपमहानगरपालिकामध्ये धरान, हेटौंडा, तुलसीपुर र धनगढीमा मात्रै प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । बाँकी दुई तिहाइ उपमहानगरपालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । जीतपुर सिमरा, जनकपुरधाम, कलैया, बुटवल, नेपालगञ्ज, घोराही र इटहरी उपमहानगरपालिकामा निमित्तले काम चलाइरहेका छन् । तीमध्ये ६ वटामा उपसचिवले निमित्तको जिम्मेवारी पाएका छन् भने इटहरीमा शिक्षा क्षेत्रका सहसचिव निमित्त छन् ।
संघीय सेवामा प्रशासनका सहसचिवहरुको संख्या नै कम भएकाले उपमहानगरपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नपाएको प्रवक्त भट्टराईले बताउनु भयो ।

प्रशासन क्षेत्रका उपसचिवले नेतृत्व लिनुपर्ने २७६ नगरपालिकामध्ये ३१ नगरपालिकामा अझै पनि निमित्तको भरमा नै रहेको मन्त्रालयलको तथयंक रहेको छ । प्रशासन क्षेत्रका शाखा अधिकृतको दरबन्दी रहने ४ सय ६० गाउँपालकामध्ये ८४ गाउँपालिका निमित्तको भरमा चलेका छन् ।
विगतमा मधेश प्रदेशका धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु खालि रहेकोमा अहिले त्यहाँका उपमहानगरबाहेक नगरपालिका र गाउँपालिकाको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश ३४ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुदूरपश्चिम रहेको ३३ नगरपालिकामध्ये १० नगरपालिकामा निमित्त छन् भने ५४ गाउँपालिकामध्ये २४ गाउँपालिका निमित्तको भरमा रहेका छन् ।

यस्तै कर्णाली प्रदेशका ३५ नगरपालिकामध्ये ९ र ५४ गाउँपालिकामध्ये २४ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ६ नगरपालिका र १३ गाउँपालिका निमित्तको भरमा चलिरहेका छन् । कोशीमा ४६ नगरपालिका, ८८ गाउँपालिका रहेका छन् । यस्तै, बागमतीमा ४१ नगरपालिका, ७४ गाउँपालिकामध्ये दुई नगरपालिका र ११ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा एउटा नगरपालिका र ५ गाउँपालिका निमित्तको भरमा छन् । गण्डकीमा ५८ गाउँपालिका र २६ नगरपालिका रहेका छन् । ७३ गाउँपालिका र ३२ नगरपालिका रहेको लुम्बिनी प्रदेशमा तीन नगरपालिका र सात गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुग्न सकेका छैनन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले नै प्रशासनिक नेतृत्व गर्ने हुँदा बजेट परिचालन र भुक्तानी सम्बन्धीमा काममा स्थानीय सरकारले समस्या भोग्दै आएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटको समयमा नै १ सय ४१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत थिएनन् ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal