छेउमै मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन

२०८० असार २० गते, बुधबार

बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो ५ वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।

गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ कुहिएर झर्न थालेका छन् ।

बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिए ।

‘पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थाले, पहिला मोटरेबल पुल हुँदैनथे, अहिले मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने, हाम्रै बडिगाडमा रहेका ३ मोटरेबल पुलका कारण सँगै रहेका ३ झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा छन्,’ उनले भने ।

कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । बागलुङ नगरपालिका–१ देखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने गरी काठेखोलामा बनाइएको झोलुङ्गे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुङ्गे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् ।

बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन् । बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेबल पुल निर्माण हुँदा झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ ।

123 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal