छेउमै मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन
बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो ५ वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।
गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ कुहिएर झर्न थालेका छन् ।
बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिए ।
‘पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थाले, पहिला मोटरेबल पुल हुँदैनथे, अहिले मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने, हाम्रै बडिगाडमा रहेका ३ मोटरेबल पुलका कारण सँगै रहेका ३ झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा छन्,’ उनले भने ।
कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । बागलुङ नगरपालिका–१ देखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने गरी काठेखोलामा बनाइएको झोलुङ्गे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुङ्गे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् ।
बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन् । बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेबल पुल निर्माण हुँदा झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





