उदयपुरगढी गाउँपालिकाले पुराना संरचनाहरुको संरक्षण गर्ने

दिनेश राई
नेपालटार, असोज १०
उदयपुरको पहिलो र पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिने कार्य थालिएको छ । जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेपछि युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै पुनर्जीवन दिन लागिएको हो ।
‘नेपाल भ्रमण वर्ष सन् २०२०’को सन्दर्भमा गतवर्ष नेपाल सरकारले तोकेका देशभरका १ सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक हो । भ्रमण वर्षमा नेपालमा अधिकतम पर्यटक भित्र्याउने योजना अनुसार गाउँपालिकाले पुरानो गढीको पुननिर्माण कार्यक्रम अघि सारेको र जस अनुसार संघीय सरकारसँग साझेदारीमा पुनारो गढी पुननिर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए ।

सुबेदीका अनुसार गाउँपालिका ५ स्थित पुरानो गढीक्षेत्रको झण्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिने काम भईरहेको छ । त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषका संरचनाको पुननिर्माण हुनेछ । गाउँपालिका केन्द्र परिसरदेखि १ किलोमिटर उत्तर–पश्चिममा पर्ने सो क्षेत्रमा गत वर्ष प्राप्त संघीय बजेटमा गाउँपालिकाको साझेदारीमा पुनर्निाण सुरु गरिएको अधिकृत सुबेदीले बताए । स्थानीय बोधकुमार घिमिरेको अध्यक्षतामा गठित स्थानीय पर्यटन प्रबद्र्धन समितिमार्फत सञ्चालित योजनामा संघीय सरकार, पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट बिनियोजित २३ लाख ५० हजार गरी ७३ लाख ५० हजारमा पहिलो चरणको काम सम्पन्न भएको छ ।
उक्त बजेटबाट तत्कालीन गढीको जग, बङ्कर र गढीक्षेत्रमा कम्पाउण्ड घेराबेरा निर्माण भएको ‘गढी पुननिर्माण उपभोक्ता समिति’का अध्यक्ष घिमिरेले बताए । उनका अनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारको अध्यन गरी सकेसम्म पहिलेकैजस्तो बनाउने प्रयास समितिले गर्दैछ । गढीको इतिहास स्मरण गर्नेखालका संरचनाहरुको पुननिर्माण गर्न सके इतिहासलाई पुनर्जीवन दिन सकिने घिमिरेले बताए । गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउँदै पर्यटन प्रबद्र्धनमा जोड दिन ऐहिासिक गढीको पुनर्संरचना भईरहेको उनको भनाई छ ।
उदयपुरगढी साविक पञ्चावती गाविसको मुकाम हो । ०७३ मा स्थानीयतह पुनर्संरचना भएसँगै जिल्लाको मध्येभागमा पर्ने पञ्चावति र आसपासका साविक गाविसहरु तावाश्री, बर्रे, डुम्रे र भलायडाँडालाई समायोजन गरी उदयपुरगढी गाउँपालिका नामाकण गर्दै गढीलाई गाँउपालिका केन्द्र बनाइएको हो । गाउँपालिका गठनपछि ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र अगुवा स्थानीयको पहलमा पुराना भग्नावशेष पहिल्याउँदै गढीको पहिचान स्थापित गर्न ऐतिहासिक संरचनाको पुनरुत्थान गर्न लागिएको हो ।

पृथ्वीनारायण शाहको राज्य एकीकरणकालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ । राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढी सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यहरुमाथि धावा बोलेर विजय प्राप्त गर्दै थप राज्य विस्तार गरेको इतिहास पनि घिमिरेले सुनाए । उनका अनुसार मा तत्कालीन भुरे टाकुरे राजा उदयचन्द्र सेनले राज्य गरेको दरवार क्षेत्र नै हालको उदयपुरगढी हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उदयपुरगढी आफैमा पुरानो, ऐतिहासिक, पुरातात्विक र उ बेला सामरिक महत्वको भएकाले त्यसको पुनर्संरचना गर्न लागिएको बताए । जिल्लाको मध्यभाग, वरिपरि बेँसी र फाँट र बीचमा दम्स्याईलो डाँडो रहेको उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय मिटर उचाईमा छ । चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृष्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र सितल हुने हुँदा उसै पनि पर्यटकहरु आकर्षित हुने अध्यक्ष मगरले बताए ।
२०२८ सालमा गाईघाटमा सदरमुकाम सार्नुअघिसम्म जिल्लाको प्रशासनिक राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, सय वर्षअघिका पुराना बर–पिपलका चौतारी, बिभिन्न संरचना र पञ्चावती मावि सञ्चालित छ । सदरमुकाम सरेपछि दिनदिनै बसाई सर्ने क्रम बढेसँगै विरानो बन्दै गएको गढीक्षेत्रमा हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ । त्यहाँको मनमोहक र स्वच्छ वातावरणदले पर्यटकलाई त्यत्तिकै लोभ्याउने हुनाले पर्यटनकेन्द्र बन्ने प्रसस्त संभावना रहेको ठाउँलाई गाउँपालिका केन्द्र बनाएपछि झन् रौनकता थपेको अध्यक्ष मगर बताउँछन् ।

ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





