भोर्लेबासीका लागि बरदान भूपू लाहुरे गाउँलेले पाए ३० वर्षपछि सुद्ध खानेपानी
चिलाउने, असोज २४
नगरपालिका र सुगम क्षेत्र भनेर मात्र के गर्नु, ठाउँ बिकट खानेपानी र अन्य सेवा सविधाका लागि दुर्गम उदयपुरको जाल्पा चिलाउनेमा वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको छ । यस्तै सदरमुकामकै त्रियुगा नगरपालिका भएर पनि बिकट ठाउँ वडा नं. १६ को भोर्लेमा पूर्व लाहुरेहरुको संस्था ‘गोर्खा वेलफेयर ट्रस्ट’ धरानको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी योजना सम्पन्न भएको हो ।
वर्र्षौंदेखि खानेपानीबाट वञ्चित रहँदै आएका गाउँलेलाई भर्खरै सम्पन्न खानेपानी योजना सञ्चालनमा आएपछि शनिबारदेखि स्थानीयले सुद्ध खानेपानीको सुविधा पाएका हुन् । ३० वर्षअघि कुलो खनेर गाउँमा ल्याएको खानेपानी ०४५ सालको भूकम्पले भत्काएपछि गाउँले पानीविहीन बन्न पुगेका थिए । कुलो भत्केर पानी आउन छाडेपछि जरुवा र खोलाको धमिलो पानी खान बाध्य स्थानीयलाई वेलफेयरले सुद्ध पानीको व्यवस्था गरेको हो ।
नगरपालिका भए पनि बिकट गाउँ भएकाले पानीको चरम अभाव भोग्दै आएका स्थानीयको समस्या टार्न वडा कार्यालयले वेलफेयरसँग खानेपानी योजना निर्माणका लागि अनुरोध गरेको थियो । सोही अनुसार ट्रस्टले आर्थिक र प्राविधिक सहयोग गरेपछि त्यहाँ सुरु भएको ‘भोर्ले खानेपानी योजना’ निर्माण सम्पन्न भएर पानी उपभोग गर्न सुरु भएको वडाध्यक्ष मानबहादुर राईले बताए । ०७६ चैत १५ गतेदेखि निर्माण सुरु भएको योजना सम्पन्न भएपछि शनिबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै समुदायलाई हस्तान्तरणसमेत गरिएको राईले बताए ।
योजनाका लागि ३९ लाख ६ हजार १ सय २४ रुपैंयाको लागत इस्टीमेट बनेकोमा ३५ लाख २६ हजार १ सय १८ बाटै सम्पन्न भएको उनले बताए । योजनामा वेलफेयरबाट २० लाख ८५ हजार ४ सय ४३ रुपैंया र उपभोक्ताबाट १४ लाख ४० हजार ६ सय ७५ रुपैंया लगानी भएको वडाध्यक्ष राईले बताएका छन् । नवनिर्मित योजनाबाट ३९ वटा धारा जडान गरी त्यसमार्फत स्थानीय समुदाय र भोर्ले माध्यामिक विद्यालयका शिक्षक–विद्यार्थीलाई सुद्ध खानेपानी उपलब्ध गराइएको छ । राईका अनुसार वर्षौंदेखि काकाकुल रहेका भोर्लेबासी जनताले सुद्ध खानेपानी पाएपछि हर्षविभोर भएर पूर्व लाहुरेहरुलाई धन्यबाद दिएका छन् । वडाध्यक्ष राईले गाउँलेको तर्फबाट उनीहरुको संस्था गोर्खा वेलफेयरलाई मुरी मुरी धन्वबाद दिएका छन् ।
वेलफेयरका परियोजना प्रबन्धक कृष्णबहादुर सुब्बाका अनुसार भोर्लेका १ सय ३ महिला र १ सय २१ पुरुष समुदायतर्फ तथा भोर्ले माविका ३ सय ३६ विद्यार्थी र शिक्षक खानेपानीबाट लाभान्वित भएका छन् । योजना ‘मल्टीआर्टी सिस्टम प्रबिधि’मा निर्माण भएको भन्दै उनले मुहानबाट आएको पानी जम्मा गर्ने, फिल्टर गर्ने र पानी निकास दिने गरी ६ वटा छुट्टाछुट्टै टयाङ्की बनाइएका छन् भने एउटा पक्की ड्याम बनाइएको छ । ती छुट्टाछुट्टै ट्याङ्कीमार्फत फोहोर पानी नै मुहानबाट आए पनि सुद्धिकरण भएर उपभोक्ताको धारामा पुग्ने गरेको सुब्बाले बताए ।
शनिबार आयोजित कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले खानेपानीको उद्घाटन गरिने । साथै वडाध्यक्ष राई र वेलफेयरका प्रबन्धक सुब्बाले संयुक्त रुपमा खानेपानी योजना समुदायलाई हस्तान्तरण गरे । कार्यक्रममा सांसद थापाले सुद्ध खानेपानी पाएकोमा उपभोक्तालाई बधाई दिदै सफा पानी पिएर स्वस्थ्य रहन, घर वरिपरि सफा राख्न र योजनालाई दीगो र व्यवस्थित बनाउन आग्रह गरिन् । उनले योजनाको दीगोपन, सुरक्षा र व्यवस्थापन गर्न प्रदेशसभाबाट प्राप्त हुने आप्mनो निर्वाचनक्षेत्र विकास कोषको रकम चालु बजेटबाट २ लाख ५० हजार सहयोग गर्ने घोषणा पनि गरेकी छिन् ।
गाउँमा खानेपानी योजना सम्पन्न भएपछि १६ नं. वडा पनि अव विकट नरहेको स्थानीय भुवन दाहालले बताए । उनले विद्युत, टेलिफोन टावर, सडकजस्ता पूर्वाधार वडाका बस्तीबस्तीसम्म यसअघि नै निर्माण भइसकेको भन्दै बाँकी रहेको खानेपानीको समस्या पनि टरेपछि अव भने १६ नं.वडा पनि नगरपालिकाकै अंग साविबत भएको बताए । अहिलेसम्म विकट वडा अव सुगम र विकसित वडामा दरिन पुगेको दाहालले बताए । ‘सबभन्दा ठूलो समस्या भनेको यो ठाउँमा खानेपानी नै हो’ दाहालले भने ‘ट्रस्टको यो सहयोगले जनतालाई ठूलो बरदान भयो ।’
क्याप्सनः खानेपानी उद्घाटन गर्दै सांसद थापा, वडाध्यक्ष राई र सुब्बा । तस्विरः महेश्वर
ताजा
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





