३४ र ६६ पृष्ठका पासपोर्टको शुल्क अब एउटै

२०८० असार १ गते, शुक्रबार

काठमाडौं । सरकारले ३४ र ६६ पेजको पासपोर्टका लागि एउटै शुल्क कायम गरेको छ। यसअघि ३४ पृष्ठको पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरिएकोमा अब एकरूपता कायम गर्न लागिएको हो।

आइतबारदेखि ३४ वा ६६ पेजको पासपोर्ट बनाउँदा शुल्कमा एकरूपता कायम हुने विभागकी प्रवक्ता दुरपदा सापकोटाले बताइन्। उनका अनुसार यस अघि दुईथरी शुल्क कायम भएकोमा अब एकरूपता कायम गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट ६६ पेजको पासपोर्ट बनाउँदा पाँच हजार शुल्क लाग्नेछ।

यसअघि ६६ पेजका लागि जिल्ला प्रशासनमा निवेदन दिँदा १० हजार लाग्ने गरेको थियो। अब आइतबारदेखि ६६ पेजको पासपोर्टको लागि जिल्ला प्रशासनबाट निवेदन दिँदा पाँच हजार मात्रै शुल्क तिर्नुपर्नेछ।
यसबाहेक इमर्जेन्सीको हकमा केन्द्रमै आएर पासपोर्ट बनाउदा १२ हजार शुल्क तिर्नुपर्नेछ। राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधनपछि परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal