देशको प्रमुख चुनौति नै भ्रष्टाचारः सह महामन्त्री राठौर

२०८० जेष्ठ ३१ गते, बुधबार

बाँके । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिनु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाउनु भयो।

सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताउनु भयो। राठौरले देशको प्रमुख चुनौति नै भष्ट्रचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तब्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताउनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको टिप्पणी गर्नुभयो। उहाँले जिल्लाको समग्र अनुगमनको पाटो समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय खारेज गर्न समेत माँग गर्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरु डुब्लीकेशनका कारण भष्ट्राचार बढेको बताउदै योजनाहरु छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताउनु भयो । विष्टले सुशासन कायम राख्न खर्चको मितव्ययिता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने बताउनुभयो। उहाँले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिने गरेको बताउदै कार्यालयहरुलाई आफ्नो काम र कर्तव्यप्रति बफादार भई काम गर्न आग्रह गर्नुभयो।

रपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, कोष तथा लेखा नियन्त्रणका प्रतिनिधी शरदकुमार बराल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋिषि चौलागाई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आर्चाय, राष्ट्रिय समाचार समितिका नेपालगंन्ज प्रमुख युवराज पाण्डे, पत्रकार नविन गिरी, रविन्द्र घिमिरे, आरती कट्टेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal