तीनै तहका सरकार कमजोरः सांसद गौतम

२०८० जेष्ठ ३१ गते, बुधबार

बर्दिया । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सन्जय गौतमले सुशासन कायम गर्न आआफ्नो स्थानबाट सम्पूर्ण निकायहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बर्दियामा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गौतमले सुशासनको हकमा तीनै तहका सरकार कमजोर भएको बताउनु भयो।

उहाँले संघीयताप्रति जनताको आस्था घटेको भन्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जवाफदेहीता बनाउनुपर्नेमा जोड दिनुभयो। सांसद गौतमले प्रदेश र स्थानीय तह कार्यकर्ता भर्ती गर्ने थलो भएको बताउदै त्यसको रोकथामतिर लाग्नुपर्ने बताउनु भयो। उहाँले बबई नदीको समस्या समाधानका निम्ति आफुले पहल नगरेको भए बबई नदीको अस्तित्व नै समाप्त हुने जिकिर गर्नुभयो । गौतमले अरुलाई दोष दिएर उम्कने ठाउँ नभएको बताउदै देशमा सुशासन कायम राख्न सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका पूर्वमन्त्री तिलकराम शर्माले ससाना कुराहरुलाई सुधार गरे मात्र पनि सुशासन कायम गर्न सहयोग पुग्ने बताए । उनले सुशासन कायम गर्न आफुबाट नै सुधार गर्नुपर्ने बताउदै संघीयताप्रति जनतामा देखिएका वितृष्णा हल गर्न प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर विष्टले समन्वयलाई विना अधिकार, स्रोत र साधन विना सेतो हात्तीको संज्ञा दिएकोमा आक्रोस पोख्नुभयो । विष्टले यदि समन्वयलाई अधिकार सम्पन्न नबनाउने हो भने त्यसलाई खारेज गर्न माग गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालले सेवाग्राहीलाई छिटोछरितो र पारदर्शि रुपमा भेदभाव नगरी समान रुपले सेवा प्रदान गरेको बताउनु भयो। उहाँले विकृति र बिसंगतिको न्युनिकरणका लागी संशक्त रुपमा लाग्ने बताउदै कुनै उजुरी आए कारवाही गर्न पछि नहट्ने बताउनु भयो।
युवा राजनीतिज्ञ एवं पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, सामाजिक अभियन्ता धनेश यादव, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष हेमन्त गिरी, गैरसहकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारु, बबई बहुमुखी क्याम्पसका प्रमुख विरेन्द्र लम्साल, अधिकारकर्मी ज्ञानुमाया रिजाल, तोफा यादव, पत्रकार कमल पन्थी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले बोल्दै सुशासन कायम गर्न शैक्षिक क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने बताउनु भयो। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक युवा राजनीतिज्ञ ठाकुर सिंह थारुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal