तीनै तहका सरकार कमजोरः सांसद गौतम

२०८० जेष्ठ ३१ गते, बुधबार

बर्दिया । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सन्जय गौतमले सुशासन कायम गर्न आआफ्नो स्थानबाट सम्पूर्ण निकायहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बर्दियामा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गौतमले सुशासनको हकमा तीनै तहका सरकार कमजोर भएको बताउनु भयो।

उहाँले संघीयताप्रति जनताको आस्था घटेको भन्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जवाफदेहीता बनाउनुपर्नेमा जोड दिनुभयो। सांसद गौतमले प्रदेश र स्थानीय तह कार्यकर्ता भर्ती गर्ने थलो भएको बताउदै त्यसको रोकथामतिर लाग्नुपर्ने बताउनु भयो। उहाँले बबई नदीको समस्या समाधानका निम्ति आफुले पहल नगरेको भए बबई नदीको अस्तित्व नै समाप्त हुने जिकिर गर्नुभयो । गौतमले अरुलाई दोष दिएर उम्कने ठाउँ नभएको बताउदै देशमा सुशासन कायम राख्न सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका पूर्वमन्त्री तिलकराम शर्माले ससाना कुराहरुलाई सुधार गरे मात्र पनि सुशासन कायम गर्न सहयोग पुग्ने बताए । उनले सुशासन कायम गर्न आफुबाट नै सुधार गर्नुपर्ने बताउदै संघीयताप्रति जनतामा देखिएका वितृष्णा हल गर्न प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर विष्टले समन्वयलाई विना अधिकार, स्रोत र साधन विना सेतो हात्तीको संज्ञा दिएकोमा आक्रोस पोख्नुभयो । विष्टले यदि समन्वयलाई अधिकार सम्पन्न नबनाउने हो भने त्यसलाई खारेज गर्न माग गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालले सेवाग्राहीलाई छिटोछरितो र पारदर्शि रुपमा भेदभाव नगरी समान रुपले सेवा प्रदान गरेको बताउनु भयो। उहाँले विकृति र बिसंगतिको न्युनिकरणका लागी संशक्त रुपमा लाग्ने बताउदै कुनै उजुरी आए कारवाही गर्न पछि नहट्ने बताउनु भयो।
युवा राजनीतिज्ञ एवं पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, सामाजिक अभियन्ता धनेश यादव, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष हेमन्त गिरी, गैरसहकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारु, बबई बहुमुखी क्याम्पसका प्रमुख विरेन्द्र लम्साल, अधिकारकर्मी ज्ञानुमाया रिजाल, तोफा यादव, पत्रकार कमल पन्थी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले बोल्दै सुशासन कायम गर्न शैक्षिक क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने बताउनु भयो। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक युवा राजनीतिज्ञ ठाकुर सिंह थारुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

22 Views

ताजा

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

संगीत सुख दुःखको सारथी हो

२०८० आश्विन ५ गते, शुक्रबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने

२०८० आश्विन ३ गते, बुधबार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal