नेपाल मेडिकल कलेजमा इमर्जेन्सीबाहेकका सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं।नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो।
नेपाल चिकित्सक संघले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोध गर्दै दाषीमाथि कारबाहीका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म एमर्जेन्सीबाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ।
संघका महासचिव डा सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारबाही गर्न माग गरेका छन्।
‘उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ महासचिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ ।’
गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई लिएर उत्तेजित भिडले अस्पताल परिसरमा मंगलवार साँझ नाराजुलुस गरेको र अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई अपशब्द प्रयोग गरि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ।
ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबार
हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
२०८० आश्विन २ गते, मंगलवार
३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू
२०८० आश्विन २ गते, मंगलवारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार