नेपाल मेडिकल कलेजमा इमर्जेन्सीबाहेकका सेवा अनिश्चितकालका लागि बन्द

२०८० जेष्ठ ३१ गते, बुधबार

काठमाडौं।नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो।

नेपाल चिकित्सक संघले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोध गर्दै दाषीमाथि कारबाहीका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म एमर्जेन्सीबाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ।

संघका महासचिव डा सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारबाही गर्न माग गरेका छन्।

‘उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ महासचिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ ।’

गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई लिएर उत्तेजित भिडले अस्पताल परिसरमा मंगलवार साँझ नाराजुलुस गरेको र अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई अपशब्द प्रयोग गरि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal