नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौं । आफ्नै घरमा ग्याँस विष्फोट हुँदा घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी उपचारपछि पहिलो पटक प्रतिनिधिसभामा उपस्थित भएका छन् । सोही विष्फोटबाट आमा गुमाएका सांसद भण्डारी भारतमा सफल उपचार गराएर केही समय अघि स्वदेश फर्किएका थिए ।

त्यसयता प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसकेका भण्डारीले प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै जलनका बिरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले गरिव मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने बताए ।

भण्डारीले ग्याँस र बिजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताए ।

नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने नेता भण्डारीको भनाई छ । उनले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । भण्डारीले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘नेपालको वर्तमान अवस्था, परिवेश, नेपाली जनताले भोगिरहेका समस्याहरु र सरकारले गर्नुपर्ने सम्बोधनमा बारेमा मलाई केही बोल्ने अवसर पार्टी वा सभामुख महोदयबाट उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । म पुस ३ गते जलन केशबाट जुन मैले परिवेश व्यहोर्नु पर्यो, जुन शारिरीक अवस्थामा पुग्नु पर्यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नु भएको थियो । अहिलेको वर्षमा १–२ दिन अगाडिबाहेक मेरो आमा थपिँदा ११० जना पुगेको थियो । र, जलन केश देशभरी फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गर्यौं । गाउँगाउँमा ग्याँस पुग्यो । गाउँगाउँका विजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरु गए । तर हामीले के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बसहरु बच्चाहरु स्कुुल जाँदा कसरी क्रस गर्ने वा ग्याँस कसरी बाल्ने वा बिजुली कसरी बाल्ने ? सानो बच्चाले पढन पाउँछन विश्वका अरु देशहरुमा । तर हाम्रा विज्ञहरु, पाठयक्रम निर्माताहरु कसैलाई पनि यसबारेमा ध्यान भएन ।’ भण्डारीले थपे, ‘सबैले ठूला ट्रक र डोजरहरु नदीको किनारमा देख्दछन । तर त्यही नदीको किनारमा एउटा गरिव जनताले बालुवा चालेर गिटी निकालेको मान्छेलाई देख्दैनन् । त्यही मान्छेले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही व्यक्तिले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामी देख्दा डोजर देख्छौं, जसले बालुवा धेरै उठाउन सक्छ । तर, जसले हामीलाई मत दिन्छ, उसलाई देख्न सक्दैनौं । यो अवस्था सबै क्षेत्रमा नेपालमा भयो । त्यस आधारमा त्यसको भिक्टिम पनि हामी भयौं । र, आज मलाई यो बेलामा राखौं जस्तो लाग्यो । यस अवसरमा मलाई रेस्क्यू गरेर मलाई अवस्थामा ल्याएर बोल्ने बनाउने वर्तमान सरकार, माननीय सभासद्ज्यूहरु, शुभचिन्तकज्यूहरु, र डाक्टरहरु र स्वास्थ्यकर्मीजीहरु । र, जसले मलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्नु भयो । म सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal