अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
एजेन्सी । आममान्छेले जिन्दगीभर जुत्ताचप्पल नलगाई हिँड्ने कल्पना गर्न सक्दैन । जुत्ताचप्पल लगाउने प्रचलन विश्वभर छ ।
भारतको आन्ध्र प्रदेशको एक गाउँमा भने स्थानीय वासिन्दा कहिल्यै जुत्ताचप्पल लगाउँदैनन् । यति मात्रै होइन, त्यो गाउँमा आउने अन्य बाहिरका व्यक्तिले पनि चप्पल लगाउन पाइँदैन । गाउँभित्र प्रवेश गर्दा जुत्ताचप्पल बाहिरै राख्नुपर्छ ।
तिरुपतिबाट ५० किलोमिटर टाढा रहेको वेमना इन्दलू गाउँले परम्परागत मान्यतालाई हालसम्म कायमै राखेको छ । बाहिरबाट कोही गाउँमा आउँदा नुहाइधुवाइ गर्नुपर्छ । स्नान गरेर मात्रै बाहिरका व्यक्तिले गाउँमा प्रवेश गर्न पाइन्छ ।
गाउँमा २५ परिवार मात्रै बसोबास गर्छन् । गाउँको जनसंख्या ८० छ । गाउँका अधिकांश वासिन्दा अशिक्षित छन् । त्यो गाउँमा आउने बाहिरका आफन्तले पनि गाउँको परम्परालाई मान्नुपर्छ । गाउँले आफूलाई पलवेकरी जातिसँग सम्बन्धित दोरावारलू भन्ने गर्छन्, जसलाई पिछडिएको वर्गमा सूचीकृत गरिएको छ ।
स्थानीय वासिन्दा बिरामी हुँदा अस्पताल जाँदैनन्, अरु नीमको रुख र मन्दिरको परिक्रमा गर्छन् । भगवान्ले सबै ठीक पारिदिने स्थानीयको विश्वास हुन्छ । उनीहरू भगवान् वेङ्कटेश्वरको पूजा गर्न तिरुमाला जाँदैनन्, बरु गाउँभित्रै पूजा गर्छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ महिलाले महिनावारी भएमा गाउँमा बस्न पाइँदैन । गाउँ बाहिर एउटा घर बनाइएको छ, जसमा महिनावारी भएका महिलाले गएर बस्नुपर्छ । गाउँबाहिर स्कूल पढ्न जाने बालबालिका बाहिरको खाना र खाजा खाँदैनन्, उनीहरू खाना खान घरमै आउँछन् । गाउँलेलाई सरकारी योजनाबाट फाइदा मिल्ने गरेको छ । सरकारले खाद्यान्न घरघरमै पुर्याउने गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





