अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !

२०८० जेष्ठ ११ गते, बिहीबार

एजेन्सी । आममान्छेले जिन्दगीभर जुत्ताचप्पल नलगाई हिँड्ने कल्पना गर्न सक्दैन । जुत्ताचप्पल लगाउने प्रचलन विश्वभर छ ।

भारतको आन्ध्र प्रदेशको एक गाउँमा भने स्थानीय वासिन्दा कहिल्यै जुत्ताचप्पल लगाउँदैनन् । यति मात्रै होइन, त्यो गाउँमा आउने अन्य बाहिरका व्यक्तिले पनि चप्पल लगाउन पाइँदैन । गाउँभित्र प्रवेश गर्दा जुत्ताचप्पल बाहिरै राख्नुपर्छ ।

तिरुपतिबाट ५० किलोमिटर टाढा रहेको वेमना इन्दलू गाउँले परम्परागत मान्यतालाई हालसम्म कायमै राखेको छ । बाहिरबाट कोही गाउँमा आउँदा नुहाइधुवाइ गर्नुपर्छ । स्नान गरेर मात्रै बाहिरका व्यक्तिले गाउँमा प्रवेश गर्न पाइन्छ ।

गाउँमा २५ परिवार मात्रै बसोबास गर्छन् । गाउँको जनसंख्या ८० छ । गाउँका अधिकांश वासिन्दा अशिक्षित छन् । त्यो गाउँमा आउने बाहिरका आफन्तले पनि गाउँको परम्परालाई मान्नुपर्छ । गाउँले आफूलाई पलवेकरी जातिसँग सम्बन्धित दोरावारलू भन्ने गर्छन्, जसलाई पिछडिएको वर्गमा सूचीकृत गरिएको छ ।

स्थानीय वासिन्दा बिरामी हुँदा अस्पताल जाँदैनन्, अरु नीमको रुख र मन्दिरको परिक्रमा गर्छन् । भगवान्ले सबै ठीक पारिदिने स्थानीयको विश्वास हुन्छ । उनीहरू भगवान् वेङ्कटेश्वरको पूजा गर्न तिरुमाला जाँदैनन्, बरु गाउँभित्रै पूजा गर्छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ महिलाले महिनावारी भएमा गाउँमा बस्न पाइँदैन । गाउँ बाहिर एउटा घर बनाइएको छ, जसमा महिनावारी भएका महिलाले गएर बस्नुपर्छ । गाउँबाहिर स्कूल पढ्न जाने बालबालिका बाहिरको खाना र खाजा खाँदैनन्, उनीहरू खाना खान घरमै आउँछन् । गाउँलेलाई सरकारी योजनाबाट फाइदा मिल्ने गरेको छ । सरकारले खाद्यान्न घरघरमै पुर्‍याउने गरेको छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal