मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव
काठमाडौँ । काठमाडौं महानगरपालिकामा सञ्चालित निजी विद्यालयहरु यतिबेला तनावमा छन् । शिक्षा ऐनमा उल्लेखित प्रावधान एकातिर छोडेर विगतमा मन लागि कमाई गरिरहेका निजी विद्यालयहरु अहिले ऐन कार्यान्वयनमा काठमाडौं महानगरपालिका दृढ भएर लागे पछि तनावमा परेका हुन् ।
महानगरपालिकाको सुधारको लागि सक्रिय काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहले नियम कानूनको कार्यान्वयनमा समेत यतिबेला कडाई गरिरहेका छन् । बालेनको यो कदमको असर निजी विद्यालयहरुलाई समेत परेको छ । कर्मचारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाएर ऐनमा व्यवस्था भए अनुसारको छात्रवृत्ति गायब बनाउने कतिपय निजी विद्यालयका लागि काठमाडौँ महानगरको पछिल्लो निर्देशन टाउको दुखाईको विषय बनेको छ ।
महानगरपालिकाले बुधबार एक निर्देशन जारी गर्दै जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरिसक्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले भनेको छ । कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न भनेको छ । त्यस्तै तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ । यसका लागि वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





