मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौँ । काठमाडौं महानगरपालिकामा सञ्चालित निजी विद्यालयहरु यतिबेला तनावमा छन् । शिक्षा ऐनमा उल्लेखित प्रावधान एकातिर छोडेर विगतमा मन लागि कमाई गरिरहेका निजी विद्यालयहरु अहिले ऐन कार्यान्वयनमा काठमाडौं महानगरपालिका दृढ भएर लागे पछि तनावमा परेका हुन् ।

महानगरपालिकाको सुधारको लागि सक्रिय काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहले नियम कानूनको कार्यान्वयनमा समेत यतिबेला कडाई गरिरहेका छन् । बालेनको यो कदमको असर निजी विद्यालयहरुलाई समेत परेको छ । कर्मचारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाएर ऐनमा व्यवस्था भए अनुसारको छात्रवृत्ति गायब बनाउने कतिपय निजी विद्यालयका लागि काठमाडौँ महानगरको पछिल्लो निर्देशन टाउको दुखाईको विषय बनेको छ ।

महानगरपालिकाले बुधबार एक निर्देशन जारी गर्दै जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरिसक्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले भनेको छ । कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न भनेको छ । त्यस्तै तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ । यसका लागि वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गरेको छ ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal