बुढानिलकष्ठ १३ मा खुल्यो बच्पन स्कूल

२०८० जेष्ठ १ गते, सोमबार

काठमाडौ । काठमाडौको केन्द्र बुढानिलकष्ठ नगरपालिका वडा नं १३ मा बच्पन स्कुल सञ्चालनमा आएको छ । स्कूलको उद्घाटन बाग्मती प्रदेशका सांसद जयराम थापाले गरेका हुन् ।
स्कूल उद्घाटन पछि बोल्दै सांसद थापाले शिक्षाको परिवर्तनले मात्र देशमा परिवर्तन गर्न सकिन्छ भन्दै देशमा गुर्णस्तरिय शिक्षाको खाँचो रहेको कुरा मनन गर्दै काठमाडौँ बूढानीलकण्ठ नगरपालिका लागि ध्यान दिंदै एक अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय बच्चपन स्कूल को स्थापन भएकोमा खुशी ब्यत गरे ।
बिद्यालयका निर्देशक एव फेरील्याण्ड इन्टरनेश्नल स्कुलका संस्थापक प्रिन्सीपल बिष्णु चन्द्र अधिकारीले उपस्थित हुने सम्पूर्ण मानुभावहरुलाई स्वागत गर्दै २१ औँ शताब्दीमा प्रतिस्पर्दा गर्न सक्ने जनशक्ति उत्पादन तर्फ यस बच्चपन् स्कूल काठमाण्डौले वू न पा १३ मा एक उत्कृष्ट बालमैत्री प्ले स्कूल संचालन गर्न लागेको बताए ।
बू न पा १३ का वर्डा अध्यक्ष टीका नारायण श्रेष्ठले गुणस्तरीय शिक्षा आजको आबस्यकता हो भन्दै यस्ता प्ले स्कुलहरुले उत्कृष्ट तथा माटो सुहाउदो शिक्षा प्रधान गर्नु पर्नेमा जोड दिए । सो अवसरमा बू न पा १० र ११ का वार्ड अध्यक्ष नवराज भट्टराई र राजु अधिकारीले बिधालयको प्रगतिको शुभकामना दिए । बच्चपन प्ले स्कूल दिल्लीबाट आउनु भएका दीपेन्द्र चन्द्र रोयले शिक्षक शिक्षिका हरुलाई तीन दिन सम्म तालिम दिएका थिए । प्रशिक्षक रोयले बाल मस्तिष्क अनुसार चौतर्फी विकासका का लागि बच्चपन स्कूल काठमाण्डौले ठूलो भूमिका खेल्ने छ भन्दै बालबालिकाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । बच्चपन स्कूल चुनदेवीका अध्यक्ष हरि प्रसाद देवकोटाले शिक्षा को प्रयोगतमाक पक्षमा बच्चपन स्कूलले ध्यान दिने छ भन्दै पूर्व प्राथमिक शिक्षाको बारेमा वर्णन गर्नु भएको थियो।
करिब २५० जना अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम बच्चपन स्कूल काउन्सिलर श्रीमती सरस्वती विष्टले सञ्चालन गर्नु भएको थियो भने विद्यालयका प्रिन्सिपल राम प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal