शरणार्थी प्रकरणले देश बदनाम भयोः शंकर पोखरेल

२०८० जेष्ठ १ गते, सोमबार

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले मूलकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा दृढ अडानका साथ काम गर्ने पार्टी भएको बताउनुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो भयो । स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षामा चौतर्फी आक्रमणको प्रयास भइरहेको बेला एमाले माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘मुलुकका भ्रष्ट र कमिसन खोरहरूले नेकपा एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन्। हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न यो सरकार के आँट गर्दछ रु नेकपा एमाले त्यसमा सहयोग गर्न तयार छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा देश बदनाम भएको पोखरेलले बताउनुभयो । सो घटनामा गल्ती एउटाले गर्ने दोष अर्कालाई लगाउने प्रयत्न भएको भदै उहाँले आलोचना गर्नुभयो।

परमादेश सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाले नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेका उहाँले बताउनुभयो । आज जो भ्रष्ट छन् उनीहरूकै ठूलो स्वर भएको उहाँले प्रष्ट पार्नुभयो।

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ भन्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उनीहरूकै स्वर ठूलो छ, जो नेपालमा भ्रष्टताको लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन् ।’

नेकपा एमाले सकारमा हुँदा थुप्रै विकास र समृद्धिका काम गरेको उहाँले उदाहरण पेस गर्नुभयो । यसका साथै राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा पनि एमाले नेतृत्वको सरकारले अनेक काम गरेको उहाँले स्पष्ट पार्नुभयो । विकास कस्तो हुन्छ भन्ने कुरा एमाले सरकारमा रहँदा देखाएको उहाँले दाबी गर्नुभयो ।

एमाले सरकारबाट हट्ने बित्तिकै सबै विकासका योजना कटौती गरेको उहाँले प्रष्ट पार्नुभयो। कायरहरूले एमालेलाई रोक्न गठबन्धन गरेको उहाँले बताउनुभयो । एमाले विरुद्ध गठबन्धन गरेर चुनावमा गएका कायरहरू बहुमत पनि गुमाएर फर्किएका उहाँले पोखरेलको भनाइ छ ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal