शरणार्थी प्रकरणले देश बदनाम भयोः शंकर पोखरेल

२०८० जेष्ठ १ गते, सोमबार

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले मूलकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा दृढ अडानका साथ काम गर्ने पार्टी भएको बताउनुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो भयो । स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षामा चौतर्फी आक्रमणको प्रयास भइरहेको बेला एमाले माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘मुलुकका भ्रष्ट र कमिसन खोरहरूले नेकपा एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन्। हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न यो सरकार के आँट गर्दछ रु नेकपा एमाले त्यसमा सहयोग गर्न तयार छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा देश बदनाम भएको पोखरेलले बताउनुभयो । सो घटनामा गल्ती एउटाले गर्ने दोष अर्कालाई लगाउने प्रयत्न भएको भदै उहाँले आलोचना गर्नुभयो।

परमादेश सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाले नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेका उहाँले बताउनुभयो । आज जो भ्रष्ट छन् उनीहरूकै ठूलो स्वर भएको उहाँले प्रष्ट पार्नुभयो।

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ भन्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उनीहरूकै स्वर ठूलो छ, जो नेपालमा भ्रष्टताको लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन् ।’

नेकपा एमाले सकारमा हुँदा थुप्रै विकास र समृद्धिका काम गरेको उहाँले उदाहरण पेस गर्नुभयो । यसका साथै राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा पनि एमाले नेतृत्वको सरकारले अनेक काम गरेको उहाँले स्पष्ट पार्नुभयो । विकास कस्तो हुन्छ भन्ने कुरा एमाले सरकारमा रहँदा देखाएको उहाँले दाबी गर्नुभयो ।

एमाले सरकारबाट हट्ने बित्तिकै सबै विकासका योजना कटौती गरेको उहाँले प्रष्ट पार्नुभयो। कायरहरूले एमालेलाई रोक्न गठबन्धन गरेको उहाँले बताउनुभयो । एमाले विरुद्ध गठबन्धन गरेर चुनावमा गएका कायरहरू बहुमत पनि गुमाएर फर्किएका उहाँले पोखरेलको भनाइ छ ।

12 Views

ताजा

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी

२०८० जेष्ठ १५ गते, सोमबार

आज बजेट सार्वजनिक हुने

२०८० जेष्ठ १५ गते, सोमबार

१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा

२०८० जेष्ठ १५ गते, सोमबार

सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने

२०८० जेष्ठ ११ गते, बिहीबार

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी

२०८० जेष्ठ ११ गते, बिहीबार

अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !

२०८० जेष्ठ ११ गते, बिहीबार

नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी

२०८० जेष्ठ ११ गते, बिहीबार

मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव

२०८० जेष्ठ ११ गते, बिहीबार

२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग

२०८० जेष्ठ ११ गते, बिहीबार

लोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal