बालकृष्ण खाणकी कान्छी श्रीमती मञ्जु खाण ‘फरार’, सिड्नी पुगेको खुलासा

२०८० जेष्ठ १ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै उनकी कान्छीपत्नी मञ्जु खाण सम्पर्कविहीन छिन् । उनी श्रीमानलाई भेट्न हिरासत नपुगेका कारण विभिन्न अड्कलबाजी भइरहेका छन् ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँग जानुअघि उनले श्रीमतीसँग भिडियो कल गरेको समाचारहरुमा जनाइएको छ । खाण पक्राउपछि मञ्जुको मोबाइल अफ भएको थियो । अहिलेसम्म पनि निरन्तर अफ छ ।

मञ्जु कहाँ छिन् भन्ने विभिन्न अड्कल भइरहँदा उनी अष्ट्रेलियाको सिड्नी पुगेको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा रिसिभ गरेका थिए । अहिले छोरासँगै बसिरहे पनि उनी सार्वजनिक सम्पर्कमा छैनन् । उनले सोसल मिडिया पनि डिएक्टिभ गरेकी छन् ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal