पाँचथर– काठमाडौं सम्पर्क समितिमा तिमिल्सिना

२०८० बैशाख ३१ गते, आईतवार

काठमाडौं । नेपाली कांग्र्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । २०८० वैशाख १६ गते शनिबार काठमाडौंमा भएको अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।
समितिको उपाध्यक्षमा धनेन्द्रराज आङदेम्बे, राजेन्द्र सम्बाहाम्फे र महिला उपाध्यक्षमा गोमादेवी आङदेम्बे र उपाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी सचिवद्वयमा जीवन ढुंगेल र टीका अधिकारी, सह–सचिवद्वयमा अनिल सेलिङ र छत्र बहादुर भण्डारी र कोषाध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा मुना आङ्देम्बे, शशिकला आङदेम्बे, इन्द्रमाया आङदेम्बे, दिनेश जवेगु, पदम मैनाली, महेन्द्र खनाल, विराज बास्कोटा, मनिषा प्याकुरेल, अम्बिका खनाल, युनिसा प्याकुरेल, सीता गौतम, नरेश रिजाल, वीरेन्द्र दाहाल, सुरेश माङ्यु र मदन वेघा निर्वाचित भएका छन् । नवगठित कार्यसमितिलाई निवर्तमान सभापति नीर्मल रिजालले पद तथा कार्यभार हस्तान्तरण गरे । नयाँ समितिलाई बधाई दिँदै उनले पार्टीको नीति र निर्देशन पालना गर्दै पार्टी र पाँचथरबासीको हितमा काम गर्न आग्रह गरे । रिजालले हिजो जस्तोसुकै असहज परिस्थितिमा पनि सम्पर्क समितिले जिल्लाबासी र काठमाडौंमा बसोबास गर्ने जिल्लाका नागरिकका लागि सक्दो सहयोग गरेको जनाए । उनले हिजोका राम्रा कामलाई निरन्तरता दिनसमेत नयाँ समितिलाई आग्रह गरे ।
नवनिर्वाचित सभापति लक्ष्मीनारायण तिमिल्सिनाले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै पार्टीको नीति, नियम र पार्टीको हितभन्दा एक इन्च पनि दाँयाबाँया नगर्ने प्रतिबद्धता व्यक्त गरे । तिमिल्सिना निवर्तमान सचिव पनि हुन् । पार्टीका कोशी प्रदेश कार्य समितिका सदस्य टेकबहादुर काम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित समितिको कार्यकाल २ वर्षको रहेको छ ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal