यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

२०८० बैशाख १९ गते, मंगलवार

काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।
यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए । वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता रहेको थियो । नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए । भने, यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो । सेमिफाइनलमा कुवेत प्रतिद्वन्दी पाएको नेपाल वर्षाकै कारण पुरा खेल हुन नसक्दा समूह विजेताको हैसियतले फाइनल पुगेको हो ।

यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । भने, दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो ।

 

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal