यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।
नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।
यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए । वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता रहेको थियो । नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए । भने, यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।
नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।
समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो । सेमिफाइनलमा कुवेत प्रतिद्वन्दी पाएको नेपाल वर्षाकै कारण पुरा खेल हुन नसक्दा समूह विजेताको हैसियतले फाइनल पुगेको हो ।
यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । भने, दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो ।
ताजा

आज प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै
२०८० जेष्ठ १८ गते, बिहीबार
आज प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै
२०८० जेष्ठ १८ गते, बिहीबार
सर्वत्र आलोचित बन्दै राष्ट्रपति पौडेल
२०८० जेष्ठ १८ गते, बिहीबार
क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न
२०८० जेष्ठ १८ गते, बिहीबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार