राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरूबाट हस्तक्षेप भइरहेको छः भीम रावल

२०७९ फाल्गुन १२ गते, शुक्रबार

सुर्खेत । नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् ।

केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी रावलले गरे । शुक्रबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए ।

‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो ,’ रावलले भने,‘ यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।’

रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए । उनी भन्छन्,‘ राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन् त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित हुन्छन् होला । एउटा राष्ट्रपतिको निर्वाचनको लागि लगातार प्रधानमन्त्रीदेखि दलका नेताहरूले निरन्तर बैठक मात्र गरिरहेका छन्, देशको अर्थतन्त्रबारे कुनै मतलब छैन ।’

नेपालको राजनीति केवल पदमा लागि मात्रै केन्द्रित रहेको रावलको तर्क छ । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनुपर्ने सन्दर्भमा रावलले स्वार्थबिना एक ठाउँमा उभिनू सकारात्मक भए पनि अहिले सबै कम्युनिस्ट पार्टीहरू स्वार्थमा केन्द्रित रहेको बताए । जसले जनताको हितमा काम नहुने उनको भनाइ छ ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal