सांसद चौधरीले राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

२०७९ फाल्गुन १२ गते, शुक्रबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले पनि राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन ।

बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका थिए ।

यस्तै हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal