राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरूबाट हस्तक्षेप भइरहेको छः भीम रावल

२०७९ फाल्गुन १२ गते, शुक्रबार

सुर्खेत । नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् ।

केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी रावलले गरे । शुक्रबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए ।

‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो ,’ रावलले भने,‘ यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।’

रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए । उनी भन्छन्,‘ राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन् त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित हुन्छन् होला । एउटा राष्ट्रपतिको निर्वाचनको लागि लगातार प्रधानमन्त्रीदेखि दलका नेताहरूले निरन्तर बैठक मात्र गरिरहेका छन्, देशको अर्थतन्त्रबारे कुनै मतलब छैन ।’

नेपालको राजनीति केवल पदमा लागि मात्रै केन्द्रित रहेको रावलको तर्क छ । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनुपर्ने सन्दर्भमा रावलले स्वार्थबिना एक ठाउँमा उभिनू सकारात्मक भए पनि अहिले सबै कम्युनिस्ट पार्टीहरू स्वार्थमा केन्द्रित रहेको बताए । जसले जनताको हितमा काम नहुने उनको भनाइ छ ।

74 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal