राष्ट्रपति चयन पेचिलो बन्दै
गणेश जि.सी.
काठमाडौं । राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष खड्ग प्रसाद ओलीबीच सहमति जुट्न सकेको छैन । यी दुबै नेताहरुले सुदूरपश्चिम प्रदेशको एमाले नेतृत्वको सरकार जोगाउन र रास्वपालाई सरकारमा ल्याउन असफल बनेका छन् । यी दुबै नेताहरुको सम्बन्ध जति घाम तापेपनि न्यानो हुनुको सट्टा चिसो हुँदै गएको छ ।
सत्ता सहकार्यका दुई शीर्ष नेताले दर्जन पटक भन्दा बढी वार्ता गरिसकेका छन् तर हात लाग्यो शुन्य जस्तै भएको छ । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा दाहाल र ओलीबीच चिसोपन उत्कर्षमा पुग्ने देखिएको छ । काँग्रेसले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि १० पुस २०७९ मा भएको भागवण्डाको सहमति प्रभावित हुने देखिएको छ ।
सात दलीय गठबन्धनको भागवण्डामा राष्ट्रपति र सभामुख एमालेले लिने मौखिक समझदारी भएको बताइएको थियो । जसअनुसार प्रधानमन्त्री र सभामुखमा भागवण्डाको सहमति कार्यान्वयन भएको छ भने राष्ट्रपतिमा हलो अड्किने संभावना बढेको छ । एमाले सहमति अनुसार राष्ट्रपति पाउनु पर्ने दावीमा छ भने माओवादीले काँग्रेसले विश्वासको मत दिएपछि फेरिएको परिस्थितिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै काँग्रेसतिर ढल्केको अवस्था छ ।
एमालेलाई सहजै राष्ट्रपति दिने पक्षमा माओवादी देखिन्न । सभामुख र राष्ट्रपति एमालेलाई दिँदा आफू कर्नरमा पर्ने चिन्ता प्रधानमन्त्री दाहालमा छ । त्यसैले काँग्रेसको राष्ट्रपति, माओवादीको प्रधानमन्त्री र एमालेको सभामुख हुँदा शक्ति सन्तुलन मिल्ने ठहर माओवादी केन्द्रको छ । एमाले अध्यक्ष ओलीले सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेललाई राष्ट्रपति नबनाएर आफ्नो मुठ्ठीको व्यक्तिलाई बनाउन चाहन्छन् । आफूले भनेको व्यक्तिमा सहमति नहुने स्थितिमा एमाले गठबन्धनबाट फिर्ता हुने अवस्था आउँछ । हाल एमालेले चारवटा प्रदेशहरु मध्ये प्रदेश १, गण्डकी र लुम्बिनी गरी तिनवटा मुख्यमन्त्री, मन्त्रीहरु, संघमा सभामुख र मन्त्रीहरु बनाएर सत्ताको स्वाद लिइरहेको छ । एमालेबाट उपप्रधानसहित अर्थ, रक्षा, कृषि, भुमी व्यवस्थापन, गरिबी निवारण तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । यसरी सरकारमा एमालेकै हालीमुहाली चलेको अवस्थामा प्रधानमन्त्री दाहाल निरीह बन्न पुगेका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले राष्ट्रिय सहमतिलाई ध्यानमा राखेर काँग्रेसलाई सहयोग गरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला मध्ये १ जना राष्ट्रपति बन्नेछन् । राष्ट्रिय सहमति अहिलेको आवश्यकता पनि हो । गैरराजनीतिक व्यक्तिभन्दा राजनीतिक मान्छेमै सहमति हुनुपर्ने चर्चाले तरंग ल्याएको बेला माओवादी निर्णायक ठानिएको छ । (फोटो रातोपाटीबाट साभार)
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





