राष्ट्रपति चयन पेचिलो बन्दै

२०७९ फाल्गुन ७ गते, आईतवार

गणेश जि.सी.
काठमाडौं । राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष खड्ग प्रसाद ओलीबीच सहमति जुट्न सकेको छैन । यी दुबै नेताहरुले सुदूरपश्चिम प्रदेशको एमाले नेतृत्वको सरकार जोगाउन र रास्वपालाई सरकारमा ल्याउन असफल बनेका छन् । यी दुबै नेताहरुको सम्बन्ध जति घाम तापेपनि न्यानो हुनुको सट्टा चिसो हुँदै गएको छ ।

सत्ता सहकार्यका दुई शीर्ष नेताले दर्जन पटक भन्दा बढी वार्ता गरिसकेका छन् तर हात लाग्यो शुन्य जस्तै भएको छ । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा दाहाल र ओलीबीच चिसोपन उत्कर्षमा पुग्ने देखिएको छ । काँग्रेसले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि १० पुस २०७९ मा भएको भागवण्डाको सहमति प्रभावित हुने देखिएको छ ।

सात दलीय गठबन्धनको भागवण्डामा राष्ट्रपति र सभामुख एमालेले लिने मौखिक समझदारी भएको बताइएको थियो । जसअनुसार प्रधानमन्त्री र सभामुखमा भागवण्डाको सहमति कार्यान्वयन भएको छ भने राष्ट्रपतिमा हलो अड्किने संभावना बढेको छ । एमाले सहमति अनुसार राष्ट्रपति पाउनु पर्ने दावीमा छ भने माओवादीले काँग्रेसले विश्वासको मत दिएपछि फेरिएको परिस्थितिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै काँग्रेसतिर ढल्केको अवस्था छ ।

एमालेलाई सहजै राष्ट्रपति दिने पक्षमा माओवादी देखिन्न । सभामुख र राष्ट्रपति एमालेलाई दिँदा आफू कर्नरमा पर्ने चिन्ता प्रधानमन्त्री दाहालमा छ । त्यसैले काँग्रेसको राष्ट्रपति, माओवादीको प्रधानमन्त्री र एमालेको सभामुख हुँदा शक्ति सन्तुलन मिल्ने ठहर माओवादी केन्द्रको छ । एमाले अध्यक्ष ओलीले सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेललाई राष्ट्रपति नबनाएर आफ्नो मुठ्ठीको व्यक्तिलाई बनाउन चाहन्छन् । आफूले भनेको व्यक्तिमा सहमति नहुने स्थितिमा एमाले गठबन्धनबाट फिर्ता हुने अवस्था आउँछ । हाल एमालेले चारवटा प्रदेशहरु मध्ये प्रदेश १, गण्डकी र लुम्बिनी गरी तिनवटा मुख्यमन्त्री, मन्त्रीहरु, संघमा सभामुख र मन्त्रीहरु बनाएर सत्ताको स्वाद लिइरहेको छ । एमालेबाट उपप्रधानसहित अर्थ, रक्षा, कृषि, भुमी व्यवस्थापन, गरिबी निवारण तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । यसरी सरकारमा एमालेकै हालीमुहाली चलेको अवस्थामा प्रधानमन्त्री दाहाल निरीह बन्न पुगेका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले राष्ट्रिय सहमतिलाई ध्यानमा राखेर काँग्रेसलाई सहयोग गरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला मध्ये १ जना राष्ट्रपति बन्नेछन् । राष्ट्रिय सहमति अहिलेको आवश्यकता पनि हो । गैरराजनीतिक व्यक्तिभन्दा राजनीतिक मान्छेमै सहमति हुनुपर्ने चर्चाले तरंग ल्याएको बेला माओवादी निर्णायक ठानिएको छ । (फोटो रातोपाटीबाट साभार)

133 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal