महाशिवरात्रिः ठूला सवारी साधन निषेध

२०७९ फाल्गुन ५ गते, शुक्रबार

काठमाडौँ । शनिवार हुने महाशिवरात्रि पर्वमा गौशाला क्षेत्रमा ठुला सवारीलाई प्रवेश निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार मध्यरातबाट नै ठुला सवारी साधन सो क्षेत्रमा प्रवेश गर्न नदिनेगरी ट्राफिक ‘व्यवस्थापन योजना’ बनाएको छ ।

शुक्रवार राति १२ देखि शनिवार साँझ ६ बजेसम्म ६ पाङ्ग्रे र मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । भट्ट भन्छन्,‘ठुला सवारीलाई चाबहिल, कोटेश्वर र तीनकुनेमा रोक्छौं ।’

ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गर्ने भएको छ । दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ ।

‘करिब १२ स्थानबाट गौशालामा आउने सवारी साधनलाई डाइभर्सन गर्छौं’ एसएसपी भट्ट भन्छन्,‘ज्ञानेश्वर, द्वारिका होटल, सिफल चौर र लामापोखरी हुँदै गौशाला आउने सवारीलाई डाइभर्सन गर्छौं ।’

गौरिघाटबाट उमाकुण्ड र मित्रपार्क तिर जाने सवारीसाधन र तिलगंगाबाट गौशाला जाने सवारीलाई आवागमनमा निषेध गरिने छ । मालबाहक सवारी सधान तिनुकनेबाट सिनामंगलतिर जान पाउँदैनन् । सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्कने मार्गमा पनि सवारी चल्न नदिने गरि कार्ययोजना तयार गरिएको छ । जोरपाटी, बौद्धबाट आउने मालवाहक सवारी साधनलाई चुच्चेपाटीबाट चावलिह तर्फ डाइभर्सन गरिने भएको छ ।

रत्नपार्कबाट चल्ने बस र माइक्रोबसहरु तिलगंगा पुगेपछि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । रत्नपार्कबाट लाजिम्पाट हुँदै साँखु जाने बस र माइक्रोबस त्यहि बाटोबाट फर्किनेगरी कार्ययोजना स्वीकृत गरिएको एसएसपी भट्टले जानकारी दिए । उनले भने,‘कालापुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग हुँदै महराजगञ्जबाट चल्न पाउँछन् ।’

सुन्धाराबाट बौद्ध चल्ने माईक्रोबस र टेम्पोहरु कृष्णपाउरोटी बाट नक्साल हुँदै चाबहिल गणेशस्थान निस्कनुपर्ने छ । जोरपाटीबाट सुन्धारा आउने माईक्रोबस र टेम्पोहरु नारायणगोपाल चोक हुँदै केशरमहलबाट चल्न पाउनेछन् ।

जोरपाटीबाट महाराजगञ्ज जाने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट भृकुटीचोक हुँदै सुकेधारा तर्फ डाइभर्सन गरिएको छ । कोटेश्वरबाट सुकेधारा जानुपर्ने मालवाहक सवारी सातदोवाटो र कलंकी घुमेर जानुपर्नेछ । कोटेश्वरबाट पशुपति वरपर जानुपर्ने मालवाहक सवारीलाई शिवरात्रीको मेला अवधिभर तीनकुनेमा होल्ड गरिने एसएसपी भट्टले बताए ।

 

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal