मन्त्री किराँतीले कसैलाई पनि नछोड्ने

२०७९ माघ २९ गते, आईतवार

काठमाडौं । पहिलो पटक मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार र अनियमितता संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर शुक्रबार निलम्बनमा परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ठाकुर शुक्रबार निलम्वनमा परेका छन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको केसीले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

भोजपुरबाट प्रतिनिधिसभाको निर्वाचन जितेर मन्त्री भएका उनले आफ्नो मुख्य काम नै जनतालाई सेवा दिनु रहेको बताएका छन् । हिजो सांंसदमात्र हुँदा पनि सधैं जनताको पक्षमा बोल्ने उनले नेता, सांसद र मन्त्रीले जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आएका थिए । मन्त्री किराँती २४ दिनभित्रमा तीन पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् । उनले गत बिहीबार पछिल्लो पटक अनुगमन गरे । उनी माघ २ गते मन्त्रीमा नियुक्त भएका थिए । उनले विमानस्थलको अवस्था अझै पनि चित्तबुझ्दो नभएको बताए । उनले पहिले जाँदा दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भनेर अनुगमनमा फेरि गएको जनाएका छन् ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal