मन्त्री किराँतीले कसैलाई पनि नछोड्ने

२०७९ माघ २९ गते, आईतवार

काठमाडौं । पहिलो पटक मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार र अनियमितता संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर शुक्रबार निलम्बनमा परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ठाकुर शुक्रबार निलम्वनमा परेका छन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको केसीले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

भोजपुरबाट प्रतिनिधिसभाको निर्वाचन जितेर मन्त्री भएका उनले आफ्नो मुख्य काम नै जनतालाई सेवा दिनु रहेको बताएका छन् । हिजो सांंसदमात्र हुँदा पनि सधैं जनताको पक्षमा बोल्ने उनले नेता, सांसद र मन्त्रीले जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आएका थिए । मन्त्री किराँती २४ दिनभित्रमा तीन पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् । उनले गत बिहीबार पछिल्लो पटक अनुगमन गरे । उनी माघ २ गते मन्त्रीमा नियुक्त भएका थिए । उनले विमानस्थलको अवस्था अझै पनि चित्तबुझ्दो नभएको बताए । उनले पहिले जाँदा दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भनेर अनुगमनमा फेरि गएको जनाएका छन् ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal