सुदूरपश्चिम सरकार ढलेपछि कांग्रेसलाई राहत

२०७९ माघ २९ गते, आईतवार

काठमाडौं । नेपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार ढलेपछि राजनीतिक रुपमा उथलपुथल भएको छ । नेकपा एमालेले यो घटनालाई नजिकबाट हेर्दै खतराको संकेत भएको जनाएको छ ।
रावलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि संविधान अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह त्यही दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले शुक्रबार पद तथा गोपनियताको शपथ लिएसँगै नेपाली कांग्रेसका एक र नेकपा (एकीकृत समाजवादी) का एक सांसदलाई मन्त्री बनाए । सत्तामा नयाँ समीकरण भएपछि कांग्रेसले यो अवसरलाई आश्चर्यचकित भएको रुपमा हेरेको छ किनभने कांग्रेस पछिल्लो समयमा कुनै पनि ठाउँमा सरकार बनाउने अवस्थामा थिएन । रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै आएको थियो, रावलले मत पाइन्छ कि भनेर आशा गरे पनि त्यो पार्टीको अडानले उनी संकटमा परे । नागरिक उन्मुक्ति पार्टीले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडानमात्र लिएन मतदान नै नगर्ने भनेपछि राजनीतिले अकै रुप लियो । राववले बाध्य भएर अन्तिम दिन विश्वासको मत लिएका हुन् । रावल गत पौष २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कुल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका थिए । यो प्रदेशमा ५३ सांसद छन् । सरकारले विश्वासको मत पाउन २८ मत पाउनुपर्छ । रावलले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (३) बमोजिम १९ सांसदसहित ठूलो दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुहुने छ । उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग लागेपछि ७ वटा प्रदेशमध्ये एमाले र माओवादीले भागबण्डा गरेका थिए । भागबण्डामा सुदूरपिश्चम एमालेलाई परेको थियो । मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनेको छ भनें वागमति प्रदेश र कर्णालीमा माओवादीले नेतृत्व गरेको छ । एमालेले अरु ४ प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।
सुदूरपश्चिमको सरकार ढलेपछि यसको असर अन्य प्रदेशमा पनि पर्न सक्ने भन्दै विश्लेषण गरिएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेको र कांग्रेसले राष्ट्रपति पाउनुपर्ने अडान राखेपछि अबको राजनीतिक समीकरण के हुने हो भन्ने अन्यौल कायमै छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग केही सकारात्मक भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भनें सशंकित भएका छन् ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal