सुदूरपश्चिम सरकार ढलेपछि कांग्रेसलाई राहत

२०७९ माघ २९ गते, आईतवार

काठमाडौं । नेपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार ढलेपछि राजनीतिक रुपमा उथलपुथल भएको छ । नेकपा एमालेले यो घटनालाई नजिकबाट हेर्दै खतराको संकेत भएको जनाएको छ ।
रावलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि संविधान अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह त्यही दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले शुक्रबार पद तथा गोपनियताको शपथ लिएसँगै नेपाली कांग्रेसका एक र नेकपा (एकीकृत समाजवादी) का एक सांसदलाई मन्त्री बनाए । सत्तामा नयाँ समीकरण भएपछि कांग्रेसले यो अवसरलाई आश्चर्यचकित भएको रुपमा हेरेको छ किनभने कांग्रेस पछिल्लो समयमा कुनै पनि ठाउँमा सरकार बनाउने अवस्थामा थिएन । रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै आएको थियो, रावलले मत पाइन्छ कि भनेर आशा गरे पनि त्यो पार्टीको अडानले उनी संकटमा परे । नागरिक उन्मुक्ति पार्टीले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडानमात्र लिएन मतदान नै नगर्ने भनेपछि राजनीतिले अकै रुप लियो । राववले बाध्य भएर अन्तिम दिन विश्वासको मत लिएका हुन् । रावल गत पौष २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कुल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका थिए । यो प्रदेशमा ५३ सांसद छन् । सरकारले विश्वासको मत पाउन २८ मत पाउनुपर्छ । रावलले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (३) बमोजिम १९ सांसदसहित ठूलो दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुहुने छ । उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग लागेपछि ७ वटा प्रदेशमध्ये एमाले र माओवादीले भागबण्डा गरेका थिए । भागबण्डामा सुदूरपिश्चम एमालेलाई परेको थियो । मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनेको छ भनें वागमति प्रदेश र कर्णालीमा माओवादीले नेतृत्व गरेको छ । एमालेले अरु ४ प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।
सुदूरपश्चिमको सरकार ढलेपछि यसको असर अन्य प्रदेशमा पनि पर्न सक्ने भन्दै विश्लेषण गरिएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेको र कांग्रेसले राष्ट्रपति पाउनुपर्ने अडान राखेपछि अबको राजनीतिक समीकरण के हुने हो भन्ने अन्यौल कायमै छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग केही सकारात्मक भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भनें सशंकित भएका छन् ।

258 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal