विवादित रवि झन् कमजोर बन्दै

२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । नागरिकता प्रकरणले आलोचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने दिनैपिच्छे कमजोर बन्दै गएका छन् । नागरिकताको विवाद बढ्दै गएपछि मन्त्री र सांसद् पदसमेत खुस्किएका उनले फेरि पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाउनुपर्ने दाबी गरेपछि उनी सत्ता भनेपछि अरु नेताजस्तै भएको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

रविले आफू मन्त्री हुन नपाए सरकार छोड्ने भन्दै आएका छन् । बिहीबार बसेको पार्टीको बैठकले पनि केही निर्णय गर्न सकेन । पार्टीका अन्य नेताहरु भनें सरकार छोड्न नहुने भन्दै आएका छन् । रविकै कारण सरकारबाट बाहिरिने अवस्था आउनु दुःखद् भएको उनीहरुको भनाई छ । यही विवादले गर्दा पार्टी निकै ठूलो संकटमा परेको छ । रविलाई फेरि मन्त्री बनाउने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक भए पनि प्रधानमन्त्री प्रचण्ड भनें मानिरहेका छैनन् । रविले अर्को नागरिकता लिएपछि तत्कालको लागि त्यो विवाद अन्त्य भए पनि त्योसँगै जोडिएका अन्य विवादले रवि चरम संकटमा परेका छन् । रविको नागरिकता विवादमा अरु कुनै मुद्या नपरे र मुद्या परे पनि उनले सफाई पाउँदा पनि उनले लिएको पछिल्लो अडान उनको लागि घातक हुने खतरा छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि फेरि पनि चितवन २ बाट उठ्ने र उनलाई पार्टीले सहयोग गर्ने बताइसकेका छन् । एमाले रविका लागि जस्तोसुकै त्याग गर्न तयार भए पनि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्षसमेत रहेका प्रचण्ड भनें त्यति सकारात्मक देखिएका छैनन् । रविले चितवन २ बाट प्रतिनिधिसभाको यो निर्वाचन फराकिलो मत अन्तरले जितेका हुन् । निर्वाचन आयोगले छिटै यो क्षेत्रमा उपनिर्वाचन गर्ने जनाएको छ । रास्वपामा २० जना सांसद रहेकामा एक घटेर १९ भएको छ । सरकारका लागि यो संख्या निकै ठूलो भएकाले पनि ओली जसरी भए पनि रविलाई छोड्ने पक्षमा छैनन् । ओलीकै सेटिङमा यो सरकार बनेको हो ।

संविधानको धारा ७८ मा ‘संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने’ व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार यसअघि पनि सांसद् नभएका व्यक्ति पनि मन्त्री भएका थिए । यो धाराको उपधारा (१) मा लेखिएको छ– धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए ता राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने छ ।’ यसरी मन्त्री भएको व्यक्ति ६ महिनाका लागिमात्र हुने छ । धारा ७८ को उपधारा २ मा लेखिएको छ –‘उपधारा १ बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने छ ।’ उपधारा ३ मा यसलाई थप प्रष्ट पारिएको छ –‘ उपधारा २ बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर निज मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।’ रवि पनि धारा ७८ को उपधारा १ अनुसार फेरि मन्त्री हुने प्रयासमा छन् ।
रास्वपाले मात्र समर्थन फिर्ता लिँदा सरकार नढल्ने भए पनि त्यसपछि अरुले पनि समर्थन नजनाए सरकार संकटमा पर्ने छ । सरकारलाई समर्थन दिएका दलले विश्वासको मत फिर्ता लिए सरकारले आफूसँग बहुमत छ भनेर पुष्टि गर्नुपर्छ । वरिष्ठ अधिवक्ता विष्णु भट्टराइले सरकारलाई समर्थन गरेका कुनै पनि दलले समर्थन फिर्ता लिए सरकारले आफूसँग बहुमत छ भन्ने देखाउनुपर्ने बताए ।

प्रचण्डले पौष २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । सरकारलाई २६८ जना सांसदको समर्थन थियो । संसदमा सबैभन्दा बढी सिट रहेको नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको थियो । संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये सरकारको विपक्षमा २ मत खसेको थियो । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएनन् ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal