‘पोड वे’ मेटमणिले सजाएको मास ट्रान्सपोर्टेशनको त्यो सपना !

२०७९ माघ २२ गते, आईतवार

–सूर्य बिसी
काठमाडौँको व्यस्त दैनिकी । बढ्दो जाम अनि अत्यासलाग्दो यात्रा । राज्यविहिनताको तितो अनुभूति । वर्षाैंदेखि चल्दै आएको मोनो रेल, मेट्रो रेलका गफ ।
राजनीतिमा मन्त्री बन्ने अवसर पनि विरलै प्राप्त हुन्छ । त्यस्तै अवसर मेटमणि चौधरीलाई पनि प्राप्त भयो । त्यसमाथि पनि सहरी विकास मन्त्री । समृद्ध सहर अनि सुखी सहरबासी बनाउने मूल जिम्मेवारी ।

त्यसमाथि युवा नेता । किसानका छोरा । जनताले आसा अनि भरोसा गरेका नेता । दिनहुँ प्राप्त हुने सुझाव अनि सल्लाहका चाङ । अनि केही न केही नयाँ काम गरेरै देखाउने उनको अठोट ।
तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीले निरन्तर विज्ञहरुको सल्लाह लिइरहे । यसैबिच उनले विश्व बजारमा प्रयोगमा आइरहेका नयाँ प्रविधितर्फ पनि आफ्नो ध्यान मोडे । अध्ययन गरे । निचोडमा सजियो –‘पोड वे ।’
मास ट्रान्सपोर्टका लागि यो नेपालको सार्वजनिक यातायातमा नयाँ प्रविधि हुन सक्ने देखियो ।

यसै सन्दर्भमा खोजि गर्दै जाँदा काठमाडौँ पोड वे कम्पनि फेला पर्याे । मन्त्रीको निमन्त्रणा पाएपछि उक्त कम्पनिको टिम पनि उत्साहित हुँदै मन्त्रीसँग छलफलमा आयो ।

‘मन्त्रीज्यूले गम्भीर चासो राख्नुभयो । जनतालाई सास्ती भएको छ । सरकार रमिते बनिरहन सक्दैन । भोलि म मन्त्री रहुला वा नरहुला तर म सुरुवात गर्न चाहन्छु । मैरै कार्यकालमा सूरुवात गर्न चाहन्छु ।’

‘मन्त्रीज्यूको कुराले हामीलाइ थप उर्जा मिल्यो । उहाँसँग निरन्तर वार्तामा बस्यौँ । प्रिजेन्टेसन देखायौँ । उहाँ पनि कन्भिन्स हुनुभयो ।’ काठमाडौँ पोड वेका उपाध्यक्ष निल भट्टराई सुनाउछन् ।
तत्कालीन सहरी मन्त्री मेटमणि चौधरीले छलफल मात्र चलाएनन्, सचिवस्तरीय निर्णय नै गराए ।
गत असोज ११ गते सहरी विकास मन्त्रालयलले अर्थ मन्त्रालयलाई माइक्रो रेल अर्थात् तार प्रविधिमा आधारित कम्प्युटर नियन्त्रित यातायात निर्माण अध्ययनका लागि कार्यक्रम शंसोधन तथा रकमान्तर सम्बन्धमा भनेर पत्र नै पठायो ।
मन्त्री बनेको करिब २ महिना नबित्दै चुनावको घोषणा भयो । त्यसको १ महिना पछि त आचार संहिता नै लागू भयो । निर्वाचन सम्पन्न भयो । सरकार तत्काल परिवर्तन भयो । सरकार परिवर्तन एउटा नियमित प्रकृया नै थियो । मन्त्रालयबाट हाँस्दै बिदा भएका मेटमणिको पोड वे सपना भने यथावत रह्यो । उनले आफ्नो अत्यन्तै छोटो कार्यकालमा उक्त प्रविधिको सुरुवात गराउन मन्त्रालयबाट पहल त गरे तर अर्थमन्त्रालयको ढिलासुस्तीले फाइल अघि बढेन ।

‘अहिलेका सहरी मन्त्रीलाई पनि निरन्तर घच्घच्याउने छु । सांसदका नाताले अझै पनि पोड वे प्रविधि सुरु गराउन लागिपरेकै छु । यो प्रविधिले नेपालको यातायात प्रणालीलाई कायापलट गर्ने छ ।’ पूर्व मन्त्री मेटमणि चौधरी सुनाउछन् । अर्थात् उनको पोड वे सपनाले अझै पनि उनलाई सताइरहेको छ ।
काठमाडौँ पोड वे कम्पनि के भन्छ ?
‘यो स्ट्रीङ अर्थात् तारमा कुद्ने रेल हो । ४० वर्षदेखि बेलारुसमा अनुशन्धान गरि सर्टिफाइड प्रविधि हो । यो कम्प्याक्ट मास टेक्नोलोजी हो । कम्पनीले एलिभेटेड इलेक्ट्रिक रेल प्रविधिमा काम गर्दे आएको छ ।

यसको क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ । एउटा पोडमा ४ वटा मोटर रहेको हुन्छ । ३ वटा विग्रिए पनि एउटाले स्टेसनसम्मै पु¥याउँछ । बिचमै लाइन गए १०० किलोमिटरसम्मको ब्याकअपको व्यवस्था हुन्छ ।’ उपाध्यक्ष भट्टराई भन्छन् ।
बढ्दो सहरीकरण, बढ्दो सवारी चाप, पेट्रोलिय पदार्थको निरन्तर मूल्यवृद्धि, चुलिदो आर्थिक संकटका बेला यो वातावरण मैत्री मात्रै छैन निकै नै किफायती प्रविधि भएको उनी सुनाउँछन् ।

‘भारत, क्यानडा, बेलारुस, नेदरल्याण्डसहितको विज्ञ टोलीले यसको काम गरिरहेको छ । उक्त प्राविधिक टोलीलाई हामीले ९ महिना काठमाडौंमा राखेर नेपालमा विभिन्न ठाउँको संभाव्यता अध्ययन गरायौँ ।
पोड वे कार्गाेको रुपमा समेत प्रयोग गर्न सकिन्छ । दुईवटा पोलको बीचमा ५० टनसम्म थेग्छ । पोलबिचको दुरी ३ किलोमिटरसम्म राख्न सकिन्छ । यसलाई पूर्व पश्चिम राजमार्गमा चलाउन पनि सकिन्छ ।’ भट्टराई थप्छन् ।
पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले निकै रुचाएको यो प्रविधि कुनै पँुजिपतिलाई जिम्मा लगाउने नभएर जनतालाई यो कम्पिनिको मालिक बनाउँने उद्देश्य रहेको काठमाडौँ पोड वेका उपाध्यक्ष निल भट्टराईले बताए ।

‘१० वर्षमा १ हजार किलोमिटर विस्तार गर्ने लक्ष्य छ । सरकारले राइट अफ वे दिएमा हामी नेपाल अधिराज्यभरि काम गर्न तयार छौँ । हरेक वर्ष डिभि चिठ्ठा परेर २२०० मान्छे अमेरिका जान्छन् । तर सडक दुर्घटनामा हरेक वर्ष ४२०० मान्छे मर्छन् । यहाँ सडक दुर्घटनाबाट हुने मृत्यु चिठ्ठा भन्दा पनि सुलभ भयो ।’ प्रविधिप्रति विश्वस्त हुँदै भट्टराईले सुनाए ।

प्रविधिकै भरमा तिव्र गतिमा सफलता हात पार्दै अघि बढिरहेको विश्वसामु नेपालमा नयाँ देखिएको पोड वे प्रविधिले एउटा मेटमणिको मात्र सपना पूरा गर्ने छैन नेपालको सिङ्गो यातायात प्रणालीका लागि नै मणि रत्न साबित हुने निश्चित देखिन्छ ।
(बीसी पूर्व मन्त्री मेटमणि चौधरीका प्रेस संयोजक हुन् ।)

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal