मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

मलेसिया । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्राली आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि लागि नेपाली राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताउनुभयो । उहाँले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताउनुभयो । गैरकानुनी ढँगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गर्नुभयो । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितको निम्ती व्यक्तिगत र सस्थागत रुपमा क्रियाशिल रहेको बताउनुभयो । समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताउनुहुदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आव्हान पनि गर्नुभयो ।

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो । अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन पनि गर्नुभयो ।

यस बर्ष जिरो माईल (रिमिक्स धमाका) सगको सहकार्यमा सयुक्त रुपमा कार्यक्रम गरिएको हो । अर्वाड कार्यक्रम पछी भव्य सास्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान सहितको भव्य सास्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताउनुभयो । लामो समयदेखी प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की सहकार्य सस्था जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य नेत्र केसी, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावना दूत नन्दबहादुर क्षेत्री, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजि बगाले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष तथा युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगायतकाको उपस्थिती रहेको थियो ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal