अग्रिया सिंह उत्कृष्ट नृत्यांगना

२०७९ माघ १६ गते, सोमबार

केके मानन्धर
काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को उपाधि अग्रिया सिंहले जितेकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको प्रतियोगिता जित्ने सिंहलाई प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ ।

विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो । नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले सयभन्दा बढी प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् ।

बसन्तपुरको कुमारी घरसँगैको डबलीमा सम्पन्न भएको अन्तिम चरणको कार्यक्रम अघि भक्तपुर, कीर्तिपुर, कान्तिपुर र ललितपुर गरी चार ठाउँमा अडिसन राउन्ड भएको थियो । माघ ७ गते चारै ठाउँमा एकैचोटी सम्पन्न भएको अडिसनबाट छनोट भएका ४२ जना प्रतियोगीहरुबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुँदा सिंहले उत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गरेकी हुन् ।

त्यस्तै, ‘सुनां जित धाःवइ, सुनां जित काःवइ’ बोलका गीतमा नृत्य प्रस्तुत गरेकी रियाना मानन्धर दोस्रो हुँदै नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड पाएकी छन् । त्यस्तै, तेस्रो हुने सुजाता नकर्मीलाई पाँच हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप दुईदुई हजार नगदसहित शिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट निर्णायक पुरस्कार सोहन शाही र रुमिका राईलाई दिइएको छ । पहिरणमा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा उत्कृष्ट श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारे ।

राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दसकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह मुख्य निर्णायकको भूमिका थिए । त्यस्तै, अमरराज शर्मा राजोपाध्याय, बालकृष्ण बंशी, जुगल डंगोल तथा गोबिन्द ह्युमतले पनि नृत्यको मूल्यांकन गरेका थिए । राजन शाहीको संयोजन रहेको बिहान १० बजे सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म सम्पन्न भएको थियो ।

 

19 Views

ताजा

 तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

२०७९ चैत्र १७ गते, शुक्रबार

 तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

२०७९ चैत्र १७ गते, शुक्रबार

प्रधानमन्त्रीले गरे मन्त्रीमण्डल पुनर्गठन

२०७९ चैत्र १७ गते, शुक्रबार

मन्त्री श्रेष्ठद्धारा हेटौंडामा एसईई परीक्षाको अनुगमन

२०७९ चैत्र १७ गते, शुक्रबार

एकको बदला तीन लिएर संसद् छिर्ने सपना छः रवि लामिछाने

२०७९ चैत्र १७ गते, शुक्रबार

कोरोना जोखिम बढेपछि सीमामा कडाइ

२०७९ चैत्र १७ गते, शुक्रबार

प्रधानमन्त्रीले दिए एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना

२०७९ चैत्र १७ गते, शुक्रबार

आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी

२०७९ चैत्र १७ गते, शुक्रबार

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

२०७९ चैत्र १६ गते, बिहीबार

राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा सुनील थापा

२०७९ चैत्र १६ गते, बिहीबार

राजाले तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती

२०७९ चैत्र १६ गते, बिहीबार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal