आफ्नै कारणले देउवा संकटमा
नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चरम संकटमा छन् । पछिल्लो सत्ता समीकरणलाई लिएर भएको उनको आलोचना थेग्न उनलाई निकै ठूलो चुनौती देखिएको छ । देउवाले नै गठबन्धनलाई भत्काएको र प्रधानमन्त्रीका लागि सम्पूर्ण सम्भावनालाई सखाप पारेको भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले दिनैपिच्छे आलोचना गर्दै आए पनि देउवाले भनें यो बारेमा खासै प्रतिक्रिया दिएका छैनन् ।
यो प्रक्रियामा देउवा नै मात्र दोषी हुन् कि उनलाई यो अवस्थामा ल्याउने अरु पनि छन् भनेर विश्लेषण थाािलएको छ । ७ पटकसम्म प्रधानमन्त्री बन्छु भन्ने देउवाको सपना यो नयाँ सत्ता समीकरणले चकनाचुर बनाइदिएको छ । सँगसँगै प्रचण्डलाई गठबन्धनका नाममा धेरै फाइदा भएको र अन्तिम समयमा कांग्रेसलाई प्रचण्डले धोखा दिएको भन्नेको संख्या पनि कम छैन । प्रचण्ड तत्कालको लागि राजनीतिक रुपमा सफल भए पनि भोलिको दिनमा उनको यो व्यवहारले कस्तो प्रकारको राजनीतिक सन्देश जाला भन्ने पनि प्रश्न उठेको छ । आगामी पौष २२ गते नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने भएको छ । बैठकमा नेताहरुले देउवाको कार्यशैलीको आलोचनामात्र गर्दैनन्, उनको राजीनामा नै माग्ने तयारी गरेका छन् । गठबन्धनले नयाँ मोड लिएर सरकार बनेपछि कांग्रेसले ३५ वटा राजकीय पदसमेत गुमाएको छ । सात दलको नयाँ गठबन्धन बनेपछि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख गरी ३५ पद गुमाएको हो । धेरैले भनें कांग्रेसको यो अवस्था आउनु सामान्य भएको र कांग्रेसले अब आफूलाई परिष्कृत गर्ने अवसर पाएको भनेर पनि चर्चा गरेका छन् ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





