आफ्नै कारणले देउवा संकटमा

नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चरम संकटमा छन् । पछिल्लो सत्ता समीकरणलाई लिएर भएको उनको आलोचना थेग्न उनलाई निकै ठूलो चुनौती देखिएको छ । देउवाले नै गठबन्धनलाई भत्काएको र प्रधानमन्त्रीका लागि सम्पूर्ण सम्भावनालाई सखाप पारेको भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले दिनैपिच्छे आलोचना गर्दै आए पनि देउवाले भनें यो बारेमा खासै प्रतिक्रिया दिएका छैनन् ।
यो प्रक्रियामा देउवा नै मात्र दोषी हुन् कि उनलाई यो अवस्थामा ल्याउने अरु पनि छन् भनेर विश्लेषण थाािलएको छ । ७ पटकसम्म प्रधानमन्त्री बन्छु भन्ने देउवाको सपना यो नयाँ सत्ता समीकरणले चकनाचुर बनाइदिएको छ । सँगसँगै प्रचण्डलाई गठबन्धनका नाममा धेरै फाइदा भएको र अन्तिम समयमा कांग्रेसलाई प्रचण्डले धोखा दिएको भन्नेको संख्या पनि कम छैन । प्रचण्ड तत्कालको लागि राजनीतिक रुपमा सफल भए पनि भोलिको दिनमा उनको यो व्यवहारले कस्तो प्रकारको राजनीतिक सन्देश जाला भन्ने पनि प्रश्न उठेको छ । आगामी पौष २२ गते नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने भएको छ । बैठकमा नेताहरुले देउवाको कार्यशैलीको आलोचनामात्र गर्दैनन्, उनको राजीनामा नै माग्ने तयारी गरेका छन् । गठबन्धनले नयाँ मोड लिएर सरकार बनेपछि कांग्रेसले ३५ वटा राजकीय पदसमेत गुमाएको छ । सात दलको नयाँ गठबन्धन बनेपछि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख गरी ३५ पद गुमाएको हो । धेरैले भनें कांग्रेसको यो अवस्था आउनु सामान्य भएको र कांग्रेसले अब आफूलाई परिष्कृत गर्ने अवसर पाएको भनेर पनि चर्चा गरेका छन् ।
ताजा

९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार