आफ्नै कारणले देउवा संकटमा

२०७९ पुष १७ गते, आईतवार

नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चरम संकटमा छन् । पछिल्लो सत्ता समीकरणलाई लिएर भएको उनको आलोचना थेग्न उनलाई निकै ठूलो चुनौती देखिएको छ । देउवाले नै गठबन्धनलाई भत्काएको र प्रधानमन्त्रीका लागि सम्पूर्ण सम्भावनालाई सखाप पारेको भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले दिनैपिच्छे आलोचना गर्दै आए पनि देउवाले भनें यो बारेमा खासै प्रतिक्रिया दिएका छैनन् ।

यो प्रक्रियामा देउवा नै मात्र दोषी हुन् कि उनलाई यो अवस्थामा ल्याउने अरु पनि छन् भनेर विश्लेषण थाािलएको छ । ७ पटकसम्म प्रधानमन्त्री बन्छु भन्ने देउवाको सपना यो नयाँ सत्ता समीकरणले चकनाचुर बनाइदिएको छ । सँगसँगै प्रचण्डलाई गठबन्धनका नाममा धेरै फाइदा भएको र अन्तिम समयमा कांग्रेसलाई प्रचण्डले धोखा दिएको भन्नेको संख्या पनि कम छैन । प्रचण्ड तत्कालको लागि राजनीतिक रुपमा सफल भए पनि भोलिको दिनमा उनको यो व्यवहारले कस्तो प्रकारको राजनीतिक सन्देश जाला भन्ने पनि प्रश्न उठेको छ । आगामी पौष २२ गते नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने भएको छ । बैठकमा नेताहरुले देउवाको कार्यशैलीको आलोचनामात्र गर्दैनन्, उनको राजीनामा नै माग्ने तयारी गरेका छन् । गठबन्धनले नयाँ मोड लिएर सरकार बनेपछि कांग्रेसले ३५ वटा राजकीय पदसमेत गुमाएको छ । सात दलको नयाँ गठबन्धन बनेपछि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख गरी ३५ पद गुमाएको हो । धेरैले भनें कांग्रेसको यो अवस्था आउनु सामान्य भएको र कांग्रेसले अब आफूलाई परिष्कृत गर्ने अवसर पाएको भनेर पनि चर्चा गरेका छन् ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal