परीक्षण हुँदै गृहमन्त्री लामिछाने
काठमाडौं । पत्रकारिताबाट अचानक राजनीतिमा फड्को मारेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने अहिले परीक्षणको घडीमा छन् । छोटो समयमा नै उच्चस्तरको राजनीतिक सफलता पाएका उनले अब आफ्नो लोकप्रियतालाई जोगाउन सक्छन् कि सक्दैनन् भन्ने विषय अहिले वहसमा छ ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष हुन् । उनले चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । अरु पुराना राजनीतिक दलसँग प्रतिस्पर्धा गरेर अत्यन्तै फराकिलो मतान्तरले जितेका उनको चुलिएको उचाई अझै पनि बढ्दैछ । उनले गत सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ खाएपछि केही राम्रो कामको थालनी गरेका छन् । पदभार ग्रहण गर्दा र पत्रकारसँग कुरा गर्दा पनि नरम ढंगले प्रस्तुत भएका उनीप्रति आम मानिसको राम्रो अपेक्षा पनि छ । उनी सधैं मन्त्रालयको काममा खटिने र जनतालाई गुणस्तरीय सेवा दिने भन्दै आएका छन् । उनलाई सफल हुन प्रधानमन्त्री वा सत्ता साझेदार अन्य दलले कति समर्थन गर्छन् कि उनको लोकप्रियता बढेपछि अरुको असहयोग रहन्छ भन्ने हेर्न बाँकी नै छ । उनले राम्रो काम गरे भनें आगामी जुनसुकै निर्वाचनमा रास्वपाको राम्रो स्थान आउने भएकाले उनी केही गरेर लोकप्रिय हुने दाउमा छन् । धेरैले राज्य संयन्त्र नै प्रदुषित भएकाले रविलाई पनि केही गरेर देखाउन गाह्रो छ भनिरहेका बेला उनले त्यो गलत प्रकारको संयन्त्र परिवर्तन गर्न सक्ने सम्भावना पनि प्रशस्तै छ ।
रविले शपथ लिएकै दिन कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याया दिने बताएका थिए । उनले आफ्नो योजनालाई सार्थक पार्ने प्रयास गरिरहेका छन् । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको प्रहरी उच्च स्रोतले बतायो । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् । १० साउन २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो तर स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो । तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





