परीक्षण हुँदै गृहमन्त्री लामिछाने

२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । पत्रकारिताबाट अचानक राजनीतिमा फड्को मारेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने अहिले परीक्षणको घडीमा छन् । छोटो समयमा नै उच्चस्तरको राजनीतिक सफलता पाएका उनले अब आफ्नो लोकप्रियतालाई जोगाउन सक्छन् कि सक्दैनन् भन्ने विषय अहिले वहसमा छ ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष हुन् । उनले चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । अरु पुराना राजनीतिक दलसँग प्रतिस्पर्धा गरेर अत्यन्तै फराकिलो मतान्तरले जितेका उनको चुलिएको उचाई अझै पनि बढ्दैछ । उनले गत सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ खाएपछि केही राम्रो कामको थालनी गरेका छन् । पदभार ग्रहण गर्दा र पत्रकारसँग कुरा गर्दा पनि नरम ढंगले प्रस्तुत भएका उनीप्रति आम मानिसको राम्रो अपेक्षा पनि छ । उनी सधैं मन्त्रालयको काममा खटिने र जनतालाई गुणस्तरीय सेवा दिने भन्दै आएका छन् । उनलाई सफल हुन प्रधानमन्त्री वा सत्ता साझेदार अन्य दलले कति समर्थन गर्छन् कि उनको लोकप्रियता बढेपछि अरुको असहयोग रहन्छ भन्ने हेर्न बाँकी नै छ । उनले राम्रो काम गरे भनें आगामी जुनसुकै निर्वाचनमा रास्वपाको राम्रो स्थान आउने भएकाले उनी केही गरेर लोकप्रिय हुने दाउमा छन् । धेरैले राज्य संयन्त्र नै प्रदुषित भएकाले रविलाई पनि केही गरेर देखाउन गाह्रो छ भनिरहेका बेला उनले त्यो गलत प्रकारको संयन्त्र परिवर्तन गर्न सक्ने सम्भावना पनि प्रशस्तै छ ।

रविले शपथ लिएकै दिन कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याया दिने बताएका थिए । उनले आफ्नो योजनालाई सार्थक पार्ने प्रयास गरिरहेका छन् । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको प्रहरी उच्च स्रोतले बतायो । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् । १० साउन २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो तर स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो । तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal