मत नदेलान् भन्ने प्रचण्डलाई डर, मतदान गरेपछि मन्त्री हुने छैन भर
काठमाडौं । गत आइतबार प्रधानमन्त्री नियुक्त भएर सोमबार प्रधानमन्त्रीको रुपमा शपथ खाएका पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएरमात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । प्रचण्ड ७ वटा राजनीतिक दलका र ३ स्वतन्त्र सांसद गरी १ सय ६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री भएका छन् ।
नेपालको ४४ औं प्रधानमन्त्री भएका उनी यसअघि पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो कार्यकाल सिक्ने क्रममा रहेकाले निकै आलोचित र विवादित भए पनि उनको दोस्रो कार्यकाल भनें सुखद् नै रह्यो । यो कार्यकालमा केही राम्रा काम गरेको खण्डमा माओवादी पार्टीमात्र होइन उनको समेत उचाई बढ्ने छ तर धेरैवटा दलको समर्थनमा प्रधानमन्त्री भएका उनले सबै दलको चित्त बुझाउन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ हेर्न बाँकी छ । प्रतिनिधिसभाको बैठक पौष २५ गते बोलाइएको छ । बैठक बसेलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत पाएपछि सरकार कम्तीमा २ वर्ष चल्ने छ ।
हिजोको निर्वाचनमा अरु दलसँग सहकार्य गरेर निर्वाचनमा होमिएका प्रचण्डले पछिल्लो समयमा आएर गठबन्धन दललाई धोखा दिएको भनेर पनि आलोचना भएको छ । कांग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई सुरुमै प्रधानमन्त्री नदिने भएपछि उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका थिए । ओलीलाई पनि गठबन्धन भत्काउनुपर्ने एकमात्र उद्येश्य भएकाले उनले पनि त्यसलाई सहजै स्विकार गरेपछि नयाँ ढंगको राजनीतिक समीकरण बनेको हो । देउवाले गठबन्धन जोगाउन नसकेको र प्रचण्डलाई भड्काएको भनेर कांग्रेसभित्र मात्र होइन सर्वसाधारण जनताले पनि देउवाको आलोचना गर्दै आएका छन् । हिजो सरकार बन्ने बेलामा सामान्य सहमति भए अनुसार सबै दल र नेताहरुले राम्रो मन्त्रालय मागेका थिए त्यतिबेलाको अवस्थामा जसले जुन मन्त्रालय मागे पनि दिन्छु भन्ने अवस्था थियो तर अहिले भनें मन्त्री को हुने र कसले कुन मन्त्रालय खाने भनेर चर्को विवाद भएको छ ।
नपत्याउँदो ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि गृहमन्त्री हुन्छु भनेर सपना बुन्नेहरु अन्यौलमा परेका छन् । मन्त्री भएर जनताको पक्षमा राम्रो काम गर्नुभन्दा पनि कसरी धेरै पैसा कमाउने र कुन मन्त्रालयमा बढी ब्रक्हलुट गर्न सकिन्छ भन्नेमा नेताहरु लागिपरेका छन् । सबैले ठूलै मन्त्रालय मागे पनि भागबण्डामा विवाद भएपछि केही पार्टीहरु जुनसकै मन्त्री पाए पनि सरकारमा जाने अवस्थामा पनि पुगेका छन् । प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार मन्त्रालय दिइसकेपछि पनि समस्या छ । मन्त्री र मन्त्रालयमा असन्तुष्ट भएकाहरुले मतदान नगर्लान् कि भन्ने एकातिर प्रचण्डलाई चिन्ता छ भनें अर्कातिर सरकारलाई समर्थन गरिसकेपछि आफूले भने अनुसारको मन्त्रालय पाउँदिन कि भन्नेमा दलहरु चिन्तित छन् । राजनीतिमा आफू अनुकूल निर्णय गर्न सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अबको भूमिका के रहन्छ भन्ने कुरा नै निर्णायक बनेको छ ।
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





