मत नदेलान् भन्ने प्रचण्डलाई डर, मतदान गरेपछि मन्त्री हुने छैन भर

२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । गत आइतबार प्रधानमन्त्री नियुक्त भएर सोमबार प्रधानमन्त्रीको रुपमा शपथ खाएका पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएरमात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । प्रचण्ड ७ वटा राजनीतिक दलका र ३ स्वतन्त्र सांसद गरी १ सय ६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री भएका छन् ।

नेपालको ४४ औं प्रधानमन्त्री भएका उनी यसअघि पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो कार्यकाल सिक्ने क्रममा रहेकाले निकै आलोचित र विवादित भए पनि उनको दोस्रो कार्यकाल भनें सुखद् नै रह्यो । यो कार्यकालमा केही राम्रा काम गरेको खण्डमा माओवादी पार्टीमात्र होइन उनको समेत उचाई बढ्ने छ तर धेरैवटा दलको समर्थनमा प्रधानमन्त्री भएका उनले सबै दलको चित्त बुझाउन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ हेर्न बाँकी छ । प्रतिनिधिसभाको बैठक पौष २५ गते बोलाइएको छ । बैठक बसेलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत पाएपछि सरकार कम्तीमा २ वर्ष चल्ने छ ।

हिजोको निर्वाचनमा अरु दलसँग सहकार्य गरेर निर्वाचनमा होमिएका प्रचण्डले पछिल्लो समयमा आएर गठबन्धन दललाई धोखा दिएको भनेर पनि आलोचना भएको छ । कांग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई सुरुमै प्रधानमन्त्री नदिने भएपछि उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका थिए । ओलीलाई पनि गठबन्धन भत्काउनुपर्ने एकमात्र उद्येश्य भएकाले उनले पनि त्यसलाई सहजै स्विकार गरेपछि नयाँ ढंगको राजनीतिक समीकरण बनेको हो । देउवाले गठबन्धन जोगाउन नसकेको र प्रचण्डलाई भड्काएको भनेर कांग्रेसभित्र मात्र होइन सर्वसाधारण जनताले पनि देउवाको आलोचना गर्दै आएका छन् । हिजो सरकार बन्ने बेलामा सामान्य सहमति भए अनुसार सबै दल र नेताहरुले राम्रो मन्त्रालय मागेका थिए त्यतिबेलाको अवस्थामा जसले जुन मन्त्रालय मागे पनि दिन्छु भन्ने अवस्था थियो तर अहिले भनें मन्त्री को हुने र कसले कुन मन्त्रालय खाने भनेर चर्को विवाद भएको छ ।

नपत्याउँदो ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि गृहमन्त्री हुन्छु भनेर सपना बुन्नेहरु अन्यौलमा परेका छन् । मन्त्री भएर जनताको पक्षमा राम्रो काम गर्नुभन्दा पनि कसरी धेरै पैसा कमाउने र कुन मन्त्रालयमा बढी ब्रक्हलुट गर्न सकिन्छ भन्नेमा नेताहरु लागिपरेका छन् । सबैले ठूलै मन्त्रालय मागे पनि भागबण्डामा विवाद भएपछि केही पार्टीहरु जुनसकै मन्त्री पाए पनि सरकारमा जाने अवस्थामा पनि पुगेका छन् । प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार मन्त्रालय दिइसकेपछि पनि समस्या छ । मन्त्री र मन्त्रालयमा असन्तुष्ट भएकाहरुले मतदान नगर्लान् कि भन्ने एकातिर प्रचण्डलाई चिन्ता छ भनें अर्कातिर सरकारलाई समर्थन गरिसकेपछि आफूले भने अनुसारको मन्त्रालय पाउँदिन कि भन्नेमा दलहरु चिन्तित छन् । राजनीतिमा आफू अनुकूल निर्णय गर्न सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अबको भूमिका के रहन्छ भन्ने कुरा नै निर्णायक बनेको छ ।

 

74 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal