सोलुखुम्बुमा ‘सक्किगोनि’ ले मनायो १०० औँं भाग

२०७९ पुष १३ गते, बुधबार

सोलुखुम्बु । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ ले सिजन २ को १०० औं भाग पुगेको उपलक्ष्यमा सोमबार सोलुखुम्बुमा विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीबाट गएका झण्डै ६० जना कलाकार तथा प्राविधिकको टोलीमा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिकास्थित सुन्दर पर्यटकिय स्थल गौरीटापमा ‘सक्किगोनि’ ले १०० औं भाग पुगेको उपलक्ष्यमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको थियो । ‘सक्किगोनि’ टेलिशृंखलालाई बिभिन्न माध्यमबाट सहयोग पु¥याउने कलाकार, प्राविधिक, सञ्चारकर्मी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, देश घुमौं’ नारा दिएर ‘सक्किगोनि’ टिमले सोलुखुम्बुबाट पर्यटन प्रवद्र्धनको यात्रा सुरु गरेको छ । ‘देशमा सोलुखुम्बु जस्तै थुप्रै रमणिय पर्यटकिय स्थलहरु छन् । हामी बिस्तारै देशका बिभिन्न क्षेत्रमा पुग्नेछौं ।’ ‘सक्किगोनि’ का एक प्रमुख कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री) ले भने, ‘नेपाली कलाकारहरुले नेपाल घुम्नुपर्छ । नेपाल चिन्नुपर्छ । स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ ।’ सोलुखुम्बुको पत्ताले आफैमा राम्रो ठाउ भएको र यसको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भाबना रहेको कलाकार कट्टेलले बताए ।

‘सक्किगोनि’ का कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १०० औं भागको विशेष कार्यक्रमको आयोजना गरिएको बताए । यसपछि क्रमशः नेपालका बिभिन्न जिल्लाहरुमा पुगेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । शहरी क्षेत्र भन्दा अलि विकट, पिछडिएका, दुर्गम र पर्यटकिय क्षेत्रमा पुगेर कार्यक्रम गर्ने उनले बताए । ‘यो हाम्रो खुसीको दिन हो ।’

यस्तै ‘सक्किगोनि’ का अर्का कलाकार हरि निरौला (जिग्री) ले भने मुलुकको पर्यटन प्रवद्र्धनका लागि यो हाम्रो सुरुवात हो । सबै कलाकारहरुलाई आग्रह छ, पर्यटन प्रवद्र्धन गरेर नेपाललाई चिनाउन सघाउनुहोस् ।’

यस्तै कार्यक्रमलाई ग्रान्डी हस्पिटल, रन सुज्, केआरडी ज्वेलर्स, राजधानी दोहोरी, नागेश्वरी क्रियसन, सोलु दुधकुण्ड नगरपालिका, हिमाल एफएम, टानका अध्यक्ष निलहरी बास्तोला, समाजसेवी प्रकाशसिंह कार्की, यातायातका लागि नबिन बानिया, रामप्रसाद गौतम प्रायोजन गरेका थिए ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal