सोलुखुम्बुमा ‘सक्किगोनि’ ले मनायो १०० औँं भाग
सोलुखुम्बु । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ ले सिजन २ को १०० औं भाग पुगेको उपलक्ष्यमा सोमबार सोलुखुम्बुमा विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीबाट गएका झण्डै ६० जना कलाकार तथा प्राविधिकको टोलीमा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेका छन् ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिकास्थित सुन्दर पर्यटकिय स्थल गौरीटापमा ‘सक्किगोनि’ ले १०० औं भाग पुगेको उपलक्ष्यमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको थियो । ‘सक्किगोनि’ टेलिशृंखलालाई बिभिन्न माध्यमबाट सहयोग पु¥याउने कलाकार, प्राविधिक, सञ्चारकर्मी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, देश घुमौं’ नारा दिएर ‘सक्किगोनि’ टिमले सोलुखुम्बुबाट पर्यटन प्रवद्र्धनको यात्रा सुरु गरेको छ । ‘देशमा सोलुखुम्बु जस्तै थुप्रै रमणिय पर्यटकिय स्थलहरु छन् । हामी बिस्तारै देशका बिभिन्न क्षेत्रमा पुग्नेछौं ।’ ‘सक्किगोनि’ का एक प्रमुख कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री) ले भने, ‘नेपाली कलाकारहरुले नेपाल घुम्नुपर्छ । नेपाल चिन्नुपर्छ । स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ ।’ सोलुखुम्बुको पत्ताले आफैमा राम्रो ठाउ भएको र यसको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भाबना रहेको कलाकार कट्टेलले बताए ।
‘सक्किगोनि’ का कलाकार, स्क्रीप्ट लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा १०० औं भागको विशेष कार्यक्रमको आयोजना गरिएको बताए । यसपछि क्रमशः नेपालका बिभिन्न जिल्लाहरुमा पुगेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । शहरी क्षेत्र भन्दा अलि विकट, पिछडिएका, दुर्गम र पर्यटकिय क्षेत्रमा पुगेर कार्यक्रम गर्ने उनले बताए । ‘यो हाम्रो खुसीको दिन हो ।’
यस्तै ‘सक्किगोनि’ का अर्का कलाकार हरि निरौला (जिग्री) ले भने मुलुकको पर्यटन प्रवद्र्धनका लागि यो हाम्रो सुरुवात हो । सबै कलाकारहरुलाई आग्रह छ, पर्यटन प्रवद्र्धन गरेर नेपाललाई चिनाउन सघाउनुहोस् ।’
यस्तै कार्यक्रमलाई ग्रान्डी हस्पिटल, रन सुज्, केआरडी ज्वेलर्स, राजधानी दोहोरी, नागेश्वरी क्रियसन, सोलु दुधकुण्ड नगरपालिका, हिमाल एफएम, टानका अध्यक्ष निलहरी बास्तोला, समाजसेवी प्रकाशसिंह कार्की, यातायातका लागि नबिन बानिया, रामप्रसाद गौतम प्रायोजन गरेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





