पार्टी केही व्यक्तिको कब्जामा पर्यो
काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठक पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ ।
बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।
संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आआफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।
उनले भने, ‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको परिणामस्वरूप अहिले परिस्थिति बन्यो भन्ने नै हाम्रो निष्कर्ष रह्यो।’
अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने उनले बताए । २२ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै आफूहरू एउटा निचोडमा पुग्ने उनको भनाइ छ ।
उनले भने, ‘सभापतिज्यूले केन्द्रीय कार्यसमितिको त कुरै छाडौँ । पदाधिकारीलाई पनि बाहिर राखेर एकपक्षीय निर्णय हाबी भयो । त्यसैको परिणामस्वरूप अहिले संघदेखि प्रदेशसम्मका सरकार गुम्नुका साथै गठबन्धन टुट्यो ।’
आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा। शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए । इतरसमूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





