अदुवाभन्दा पिँडालु महँगो !
डोटी । दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।
कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा आकर्षक भाउमा बिक्री भइरहेको छ ।
डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।
पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ुअदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हौँ ।ु उहाँले पिँडालु बिक्रीबाट वार्षिकरुपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पनि बताउनुभयो । आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका प्रायजसो किसानले पिँडालु खेती गरिरहेका उहाँको भनाइ छ ।
कुनै समय प्रतिकेजीको ९० रुपैयाँमा बेचिने अदुवा यतिबेला प्रतिकेजी २० रुपैयाँका दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । स्थानीय तेज कोटकेनीले भन्नुभयो, ुअदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।ु
दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट अहिले राम्रै आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताउनुभयो । उहाँले साठीदेखि ७० रोपनीमा अदुवा खेती गर्ने गर्नु भएको थियो । तर बिचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उहाँको भनाइ छ । यस वर्ष पिँडालु बिक्रीबाट १५ हजार रुपैयाँ बराबरको आम्दानी भएको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले पिँडालु पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो।
ताजा
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबार
फेरि पक्राउ परे दुर्गा प्रसाईं
२०८२ फाल्गुन ५ गते, मंगलवार
नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’
२०८२ फाल्गुन ५ गते, मंगलवार
बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन
२०८२ फाल्गुन ५ गते, मंगलवार
दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार
२०८२ फाल्गुन ४ गते, सोमबार
निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
२०८२ फाल्गुन ४ गते, सोमबार
एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी
२०८२ फाल्गुन ४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





