अदुवाभन्दा पिँडालु महँगो !

डोटी । दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।
कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा आकर्षक भाउमा बिक्री भइरहेको छ ।
डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।
पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ुअदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हौँ ।ु उहाँले पिँडालु बिक्रीबाट वार्षिकरुपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पनि बताउनुभयो । आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका प्रायजसो किसानले पिँडालु खेती गरिरहेका उहाँको भनाइ छ ।
कुनै समय प्रतिकेजीको ९० रुपैयाँमा बेचिने अदुवा यतिबेला प्रतिकेजी २० रुपैयाँका दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । स्थानीय तेज कोटकेनीले भन्नुभयो, ुअदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।ु
दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट अहिले राम्रै आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताउनुभयो । उहाँले साठीदेखि ७० रोपनीमा अदुवा खेती गर्ने गर्नु भएको थियो । तर बिचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उहाँको भनाइ छ । यस वर्ष पिँडालु बिक्रीबाट १५ हजार रुपैयाँ बराबरको आम्दानी भएको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले पिँडालु पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो।
ताजा

मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै हुनुपर्छः शेखर कोइराला
२०७९ माघ १४ गते, शनिबार
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
२०७९ माघ १४ गते, शनिबार
दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्
२०७९ माघ १४ गते, शनिबार
चैत १७ गतेदेखि यस वर्षको एसइई परीक्षा
२०७९ माघ १४ गते, शनिबार
रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल
२०७९ माघ १४ गते, शनिबार
छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
२०७९ माघ १३ गते, शुक्रबार
हाँसीखुसी लामिछानेले छाडे सरकारी निवास
२०७९ माघ १३ गते, शुक्रबार
लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
२०७९ माघ १३ गते, शुक्रबार
म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने
२०७९ माघ १३ गते, शुक्रबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार