अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

२०७९ पुष ४ गते, सोमबार

काठमाण्डौ । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे । मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

यो प्रतियोगितामा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal