जनताको विश्वास नै मैले निर्वाचन जित्ने आधार हो– एमाले नेता ढकाल

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ४ (१) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभाको उम्मेदवार बनेका तेजप्रसाद ढकालले जनताले दिएको विश्वास नै आफूले निर्वाचन जित्ने आधार भएको बताएका छन् ।

जनताको घरदैलो गर्ने क्रममा जहाँ पुगे पनि आफूप्रति मानिसहरु सकारात्मक भएको भन्दै उनले थपे ‘म लामो समयदेखि यो क्षेत्रमा बसेर नै काम गर्दै आएको छु त्यसैले पनि म कसैको लागि नयाँ र नौलो मान्छे होइन ।’ सरल स्वभावका धनी उनी स्पष्ट बोल्ने वक्ताका रुपमा चिनिन्छन् । आफूले अघि बढाएका योजना समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका उनले भने ‘मैले अहिलेसम्म कसैलाई पनि ढाँटेको र झुक्याएको छैन, जनता भगवान भएकाले उहाँहरुको आशिष चाहिएको छ मलाई, तपाइहरुमाथि विश्वासघात गर्ने छैन’ उनले भने ‘यो क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छु त्यसैले पनि मेरो जित हुनुपर्ने खाँचो छ ।’

ढकाल लामो समयदेखि राजनीति गर्दै आएका छन् । २०३९ सालदेखि अनेरास्ववियुको राजनीतिमा संलग्न भएका उनी अहिले काठमाडौं जिल्ला कमिटीका सह–सचिव हुन् । बी।ए। एल्। एल्।बी।सम्मको अध्ययन गरेका उनी कानुन व्यवसायीसमेत हुन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको दुई कार्यकालसम्म अध्यक्ष भएका उनका ‘मेरो देश’ (कवितासंग्रह), राजनीतिक विचार समेटिएको ‘प्रजातन्त्रमा जनप्रतिनिधि र प्रतिपक्ष’ पनि प्रकाशित छन् । ‘भाव’ लेख संग्रह उनको अर्को रचना हो । भारत, बंगलादेश, थाइल्याण्ड, जापान, जर्मन, स्विटजरल्याण्ड, अमेरिका, बेलायतलगायतको देशको भ्रमण गरिसकेका उनी यो क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा पर्छन् । ढकालले यी क्षेत्रमा एमालेको संगठन राम्रो भएको दाबी गरेका छन् ।

उनको क्षेत्रमा पशुपतिनाथको मन्दिर पनि परेको छ । पशुपतिनाथको मन्दिर, नक्साल भगवती, कमलपोखरी, धोबीधारालगायतका क्षेत्रलाई थप चिनाउन पहल गर्ने र व्यवस्थित बनाउने उनको योजना छ । ‘मठ, मन्दिर र सांस्कृतिक सम्पदाको संरक्षण गरेर प्रयाप्त मात्रामा प्रचार प्रचार गर्न सक्यौं भनें पनि पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सकिन्छ’ उनी भन्छन् ‘ यो निर्वाचनले देशको भाग्य र भविष्य कस्तो बनाउने भन्ने निर्धारण गर्ने भएकाले नेकपा एमालेको योजना र घोषणापत्रलाई सम्झिँदै मतदान गर्न आग्रह गर्दछु ।’

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal