सांसद भएर देश र जनताको सेवा गर्ने इच्छा छः हेमबिक्रम सिलवाल

२०७९ कार्तिक २८ गते, सोमबार

सुरेन्द्र सिलवाल
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा हेमविक्रम सिलवालले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशमा मौलाएको भ्रष्टचार, कुशासन, नातावाद कृपावाद र राष्ट्रघाती शासानको अन्त्य हुनुपर्छ भन्दै अभियान नै चलाएर आवाज उठाउदै आएका छन् । सिलवालले अबको निर्वाचनबाट सांसद भएर देश र जनताको सेवा गर्ने सुनौलो सपना बोकेका छन् ।

यी सपनालाई साकार पार्न अहिले उनी जनतासँगको भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । नेपाली काँग्रेस वीपी र नागरिक समाजको साझा स्वतन्त्र उम्मेदवारको करुवा चुनाव चिन्ह लिएर अहिले उनी भोट माग्नमा व्यस्त छन् । यो पटकको निर्वाचन २०७९ मा जनताले विश्वास गरेर प्रतिनिधि सभा सदस्य बनाएमा ३५०० सैयाको वृद्धाश्रम निर्माण गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । आफूले पाउने सम्पूर्ण सेवासुविधा, तलव भत्ता वापतको सम्पूर्ण रकम समेत बृद्धाश्रमलाई दिने उहाले उदघोष गरेका छन् ।

नेपालमा बहुदल पुनःस्थापना भएको ३२ वर्ष हुदा समेत कुनै परिवर्तन नभएको उनले बताए छ । यस अवधीमा ठूला दलले नातावाद कृपावाद, भ्रष्टाचार र राष्ट्रघात बाहेक गतिलो काम केही पनि नगरेको उनको दावी छ । कम्युनिष्टहरू निर्लज्ज ढङ्गले दलाल पूँजीपतिका भरिया नोकर भएको उनको आरोप छ । देउवाले काँग्रेस वी।पी।, कृष्णप्रसाद, गणेशमानको सिद्धान्तलाई त्यागेर माओवादीको भरिया हुन चाहेको उनले आरोप लगाए ।

यस्तो निकृष्ट राजनीतिक परिस्थितिबाट देशलाई मुक्त गराउन आफूले स्वतन्त्र नागरिक समाज र नेपाली काँग्रेस वीपीको साझा उम्मेदवारको रुपमा निर्वाचन क्षेत्र न। २ काठमाडौँबाट चुनावमा सहभागीता जनाएको बताए छ ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal